नेपाली भजन ॐ नम: शिवाय सार्वजनिक (भिडियो)

काठमाण्डौँ । भगवान भक्ति मान्छेहरूको आस्था हो । भगवानबाट अलग सायद संसारमा कोही पनि छैन । दु:खसुखमा मात्रै हैन हर्ष, उमंग, पर्वहरूका साथ साथै मनमा त्रास अनि चिन्ताबाट मुक्ति पाउन, मनलाई शान्त गर्न भजनले ठुलो मद्दत गरेको हुन्छ ।

सँधै मन्दिरहरूमा, रेडियो, टेलिभिजन लगाएत अन्य माध्यमहरूबाट भजनको श्रवण गर्दा शान्तिको महसुस हुन्छ । मनको शान्ति भगवानप्रतिको लगाव भगवान शिवको भजन साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचना/स्वर रहेकोे भजनमा शान्ता कार्की र मुस्कान राईले साथ दिएको ”ॐ नम: शिवाय जप्दै भक्तिको मार्गमा लागौं” भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कल्पना अर्याल, सुरेन्द्र महर्जन, देशनरेश अधिकारी लगाएतको अभिनय एवं भक्तिभाव सार्वजनिक भिडियोमा रहेको छ । भजन गायनमा सुरेन्द्र महर्जनलाई गायिकाहरू शान्ता कार्की, मुस्कान राई आदिले साथ दिएको छ ।

संगीतकार राम कार्कीको संगीत अनि ओएसनेपालको प्रस्तुतिमा रोशन कुमारको निर्देशनमा रहेको भजनको म्युजिक भिडियो सुदिप पंगेनीले छाँयाकन गरेको र दिप गुरुङबाट इडिटिङ्ग गरेको थियो । सार्वजनिक भिडियो दर्शन एल्बममा रहेको भजनहरू मध्यको एउटा भजन हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।