पहिरोले पुरिएर घरपरिवार गुमाएकी मनिषाले पाइन संरक्षण

पोखरा । पहिरोले परिवारका नौ सदस्यसहित घरवासै पुरेपछि सहाराविहीन बन्न पुगेकी मनिषा नेपालीको संरक्षणको जिम्मा एसओएस बालग्राम पोखराले लिएको छ । घरपरिवार गुमाएकी मनिषालाई बालग्राममा भर्ना गरी पारिवारिक वातावरणमा लालनपालन र शिक्षादीक्षा दिई आत्मनिर्भर बनाएर समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित जिम्मा लिएको एसओएस बालग्राम पोखराका बाल संरक्षण स्रोतव्यक्ति एवं वरिष्ठ परामर्शकर्ता सुमन बरालले बताए ।

“मनिषाले परिवारका सबै सदस्य गुमाउनुभएको छ, त्यसको पीडाले उहाँलाई विक्षिप्त बनाएको छ”, स्रोतव्यक्ति बरालले भने, “उहाँलाई अब मनोसामाजिक परामर्शको आवश्यकता पर्ने भएकाले सोहीअनुसारको परामर्श गरी उपयुक्त पारिवारिक वातावरणको सिर्जना गरिन्छ ।”

मनिषाको शिक्षादीक्षा, स्वास्थ्योपचार, लालनपालनलगायतको जिम्मा लिएको एसओएसले अब कक्षा ११ मा विज्ञान विषय अध्ययनका लागि त्यहीँ नै व्यवस्थापन गरिने र अन्य विषय अध्ययन गर्न चाहेमा अन्य विद्यालयमा भर्ना गर्ने स्रोतव्यक्ति बरालले बताए । विश्वभर १३६ राष्ट्रमा स्थापित एसओएस बालग्राम नेपालमा हाल नौ छन् । पोखरामा सञ्चालनमा रहेको बालग्राममा हाल आफ्ना अभिभावक गुमाएर असहाय बनेका १४१ बालबालिका छन् ।

गत असोज ८ गते बिहान माथिबाट आएको पहिराले एकै घरमा नौ जनाको पुरिएर ज्यान गएको थियो भने मनिषालाई जीवितै उद्धार गरिएको थियो । पीडित मनिषाको संरक्षणको जिम्मा लिएर उनको भविष्य निर्माणका लागि एसओएसले खेलेको भूमिकाप्रति वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले आभार व्यक्त गरेका छन् । नगरप्रमुख खाँणको रोहवरमा मनिषाको संरक्षकमा बालग्राम रहने छ भने अभिभावकको रूपमा दाजु भोजराज परियार र माइजु गीता नेपाली रहेका छन् ।

“जे नहुनु थियो भयो, अब त्यसबाट पाठ सिकेर समस्याभित्र समाधान खोज्दै अगाडि बढ्नुपर्छ”, नगरप्रमुख खाँणले भने, “अब उहाँको शिक्षादीक्षा, लालनपालन, औषधोपचारलगायतका सेवासुविधा एसओएसले उपलब्ध गराउने छ ।” परिवारका सबै सदस्य गुमाएर विक्षिप्त बनेकि मनिषालाई लगनशील र मेहनतका लागि अध्ययन गर्न सुझाव दिँदै प्रमुख खाँणले भने, “भोलि आफ्नै खुट्टामा उभिन सक्ने गरी आत्मनिर्भर बन्नका लागि सहयोग पुग्नेछ ।”

परिवारका सबै सदस्य गुमाएकी मनिषा तथा दाजु भोजराजलाई आवास निर्माणका लागि जग्गाको खोजी भइरहेको प्रमुख खाँणले बताए। मनिषा तथा दाजु भोजराजका लागि रोजगारीको अवसर सिर्जना गरिदिने प्रमुख खाँणले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।