यो नेपालमा असफल संसदीय व्यवस्थाको नजिर हो, अबको बाटो देशको कार्यकारी प्रमुख प्रत्यक्ष जनताबाट निर्वाचित हुने व्यवस्था गरियोस

वीरबल खड्का/पार्टी भित्रको चरम घेराबन्दी तोड्ने एक मात्र बिकल्प संसद बिघटन थियो समान्नीय प्रधानमन्त्रिसग र यो नेपालमा असफल संसदीय व्यवस्थाको नजिर हो, अबको बाटो देशको कार्यकारी प्रमुख प्रत्यक्ष जनताबाट निर्वाचित हुने व्यवस्था गरियोस।”

नेकपा भित्रको स्पष्ट बहुमत हुदा पनि आफ्ना दल भित्रकै नेताहरुले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रिलाई असफल बनाउने गरि गुटगत बिभाजनमा गएर सरकारलाई निष्काम बनाउन आरोप प्रतिआरोपको बीचमा हठातमा अर्का कार्यकारी अध्यक्षले बिपक्ष जसरी प्रतिबेदन लेख्नु र बिवाद गर्ने मनासयले आफ्नो भुमिका बढाएर जान्नु यसरी पछिल्लो समयमा पहिलो नम्बरका अध्यक्ष तथा प्रधानमन्त्रीलाई क्रस गरेर संबैधानिक अयोगलाई पुर्णतया दिनको लागी संबैधानिक परिषदको बैठकमा प्रतिनिधि सभाको सभामुख आफ्नै दल भित्रका हुदा पनि वैठकमा नजानु एक पछि अर्को समस्या बनाए सरकारको काम सञ्चालनमा अबरोध गर्नु र कुनै नियुत्ति र सिफारीस गरो कि पार्टी भित्र लियाएर बिवाद गर्ने नेताहरुको परिपाटीले गर्दा केपि ओलीले पटक पटक नेताहरुको बीचमा गएर अनुनय बिनुनय गर्दा पनि सरकार प्रतिको अक्रमण रोकिएन यसरी संसद रोकीएको समयमा नियमित काम गर्नेको लागि अध्यादेश जारी गर्नु पर्ने अवस्था ल्याउनु र अर्को कुरा एउटा प्रक्रिया भित्र मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति बाट संसद बोलाउने ठाउमा सरकारलाई क्रस गरेर आफ्नै दल भित्रकै नेता तथा सांसद ८३ जनाको हस्ताक्षर बोकेर राष्ट्रपतिकामा पुग्नु के यो सरकार प्रतिको नागो आक्रमण थियो जसले गर्दा केपी ओलीलाई बाध्य बनाईएको थियो यो कदम चाल्न ,यसरी पहिलानै जनमतलाई सम्मान गर्दै यो पुर्ण कार्याकाल सरकार सञ्चालन गर्ने र शासनमा स्थीरता दिने र अगामि निर्वाचन पछि आफु प्रधानमन्त्री नहुने र पार्टि भित्र पनि महाधिवेशन पछि अध्यक्ष नउठने घोषणा गरेका केपी ओलीलाई बिगतका सम्झौता बिपरित नेताहरु लाग्नु यसरी राजनीति भित्र एउटा जिम्मेवारीको हस्तान्तरणको नजीर बसाल्ने उदाहरण भएका प्रधानमन्त्रीलाई सहयोग गर्नु सट्टा पटक पिछे आफ्नै दल भित्र बाट असहयोगको सामाना गर्ने पर्ने बाध्यता थियो।

प्रधानमन्त्रीले पटक पटक सहमति गरेर सरकार सञ्चालन गर्ने वातावरण बनाउन आफ्ना दल भित्र पनि ठुलै कसरत गरे तर दलका नेताहरु गुटमा बिभाजन हुने र सरकारसग भाग भित्र माग राखी राख्ने र स्वार्थ पूरा हुन नसके पछी समानीत पदमा रहेकी राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्नु जसको प्रतिरक्षात्मक कदमको रुपमा संसद बिघटनलाई लिन सकिन्छ। यसरीनै सरकार बने देखि सरकारलाई प्रहार सुरु भयो सरकारका विरुद्ध चौतर्फी घेराबन्दी गरियो।प्रधानमन्त्रीलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाउने काम कसले किन र कसरी गरियो , यसका पछाडिका पृष्ठभुमि के थियो सबै पुष्टी हुँदै जानेछ , आज नालायक र तानाशाह भन्नेहरुले भोलि बुझ्नेछन यो बाटोको बारेमा यसरी भएको घेरा बन्दी तोड्ने एक मात्र अस्त्र संसद बिघटन र नयाँ जनादेशको बाटोमा जान्ने बिकल्प प्रधानमन्त्री केपी ओलीले लिएका छन् जुन बाध्यता बाट सिर्जीत अवस्था थियो जुन दल भित्र एकल बहुमत हुदा पनि असहयोग र षड्यन्त्रको तोड्ने अस्त्र भयो संसद बिघटन।

दल भित्र किन यस्तो भयो भन्दा राजनीतिक दल भित्रको लोकतन्त्र र लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुंदैन । राजनीतिक दल र लोकतन्त्रको एक आपसमा मेल नहुँदा कुनै एक वा दुवै राजनीतिक दल र लोकतन्त्र कमजोर हुन्छ । जसबाट समाज (राष्ट्र) मा द्धन्द्ध, अस्थिरता पैदा हुन्छ । त्यसैले यी दुवै अन्तरसम्बन्धित छन् र हुनुपर्दछ । राजनीतिक दलहरु सरकारमा गएसँगै लोकतान्त्रिक भावनालाई विर्सेर दलगत स्वार्थमा मात्र हैन दल भित्रकै नेताले कसले नेतृत्व गर्ने भन्ने होड बाजि चल्छ र दल भित्रका नेता आ-आफ्नो पक्षमा पार्टिका सासंद,नेता र कार्याकर्ता बनाउने र दलमा आफुलाई शक्तिशालि बनाउने नजीरले गर्दा पार्टीलाई जनताले मत दिए पनि नेतृत्वमा एक जुट नहुदा व्यबस्थापिकामा न कार्यापालिकामा पार्टीको भुमिका जनताको भावाना अनुरुप चलेको पाईदैन्न जसरी बिगतमा पनि २०४६ सालको परिवर्तन पश्चात् नेपाली काङग्रेसलाई जनताले बहुमत दिए पनि बीचमै सरकारलाई असफल बनाएर मध्यावधी निर्वाचनमा गएको थियो जुन प्रतिपक्षले गर्दा हैन आफ्नै दल भित्रको आन्तरिक कलहनै थियो त्यसतै अहिलेको नेकपा को बहुमतको ओली सरकारलाई पनि यसरीनै असफल बनाउने गरि भएका क्रियाकलापले अब संसदीय व्यबस्थानेै नेपालका लागि असफल भएको पुष्टि भएको छ त्यसैले पार्टी भित्रको आन्तरिक एकता र पद्धतिको नेतृत्वको बिकास नहुन जेल दलको नेतृत्वले देशका लागि असल नेता दिन सक्दैनन्।

पार्टी जिम्मेवारी कस्ता मान्छेको नेतृत्वमा दिने यसमा कुनै समय सिमाको आधार मापदण्ड,योगदान र त्यसको बलिदानलाई छायामा पारेर ठुला नेताले सिफारिस गरे जिम्मेवारीमा पुग्ने कस्तो अभ्यासबाट हामीले नेता उत्पादन गर्दै छौ यहि नियम चुनाबको टिकट दिने कुरामा पनि लागू भएको छ नेताको स्व निर्णय अन्तिम यो कस्तो खालको लोकतन्त्रको अभ्यास दल भित्र गर्दै छौ यसमा सक्षम दीर्घकालीन समाधान त पद्धति (सिस्टम) बसाल्नेमा खोज्नुपर्छ । अभ्यासका क्रममा लोकतन्त्र आफैं सच्चिँदै जाने (सेल्फ करेक्टेड) प्रक्रिया हो । समाधान पात्रमा होइन, पद्धतिमा खोज्ने हो । पद्धतिको संस्थागत विकास हुँदै जाँदा पात्रको हेरफेरबाट लोकतन्त्रको आधारभूत चरित्र र तत्त्वमा धेरै असर पर्दैन । पद्धतिको संस्थागत विकासबाट मात्र राजनीति सरल, सहज र स्थिर दिशातर्फ उन्मुख हुन्छ।हाम्रो जस्तो संसदीय प्रणाली अन्तर्गत जनताको प्रत्यक्ष मतबाट हैन निर्बाचित स्वतन्त्र एवम् दलको नेता सासंद बाट दल भित्रैको नेतालाई देशको कार्याकारी प्रमुख बनाउदा त्यहा कस्तो खालको सक्षमता भएको व्यक्ति नेता बनाएर पुर्याउने भन्न कुरा राजनीतिक दलको बिषय हो तसर्थ देशलाई सक्षम तरिकाले सञ्चालना गर्न सक्ने योग्य मान्छे पुर्याउनु पर्ने हुन्छ के त्यो भुमिका नेपालका राजनीतिक दलले पूरा गरेका छन त ??संविधानले दिएको व्यवस्था भनेको संसदीय प्रणाली हो,तसर्थ ।निश्कर्षमा नेपालका दलले त्यस्ता मान्छे पुर्याउन सकेका छैन पुगी हाले पनि त्यसलाई असफल बनाईन्छ साथै कसले कसको नेतृत्व स्वीकार्ने कलह सगै संसदी प्रणालीनै असफल भयो तसर्थ अब जनताको मतबाटै कार्यपालिका बनाउन प्रत्यक्षकार्यकारी प्रमुखनै समस्याको समधान हुने संभावना बढेकाले यश अनुरुपको अभियास संबिधानमा व्यबस्था गर्दै कार्यन्वन गरियोस र सबै प्रकारका बेमेल अभ्यासहरूलाई क्रमशः छोड्दै जानु नै ठीक र युक्तिसंगत बाटो हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।