गणेश ओडले गरे श्रीमतीको ह त्या
कैलाली । कैलालीका गणेश ओडले श्रीमतीको ह त्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार श्रीमान् ३७ वर्षका गणेश ओडले कुटपिट गरी ३७ वर्षकी श्रीमती लक्ष्मी ओडको ह त्या गरेका हुन्। घटनामा संलग्न गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको जोशीपुर गाउँपालिका–७ लुहागडका गणेशलाई इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गणेश विरुद्ध प्रहरीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा मु द्दा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


