बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ
काठमाडौं /बैंकिङ कसूरका फरार प्रतिवादी श्यामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ९ जयबाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्रेष्ठलाई आज दिउसो महानगरीय अपराध महाशाखाले सीतापाइलाबाट पक्राउ गरेको हो ।
श्रेष्ठ विरूद्ध पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले उजुरी दिनुभएको थियो। उनले नागार्जुन नगरपालिका स्थित सीतापाइला सडकखण्डमा काम गरेबापत रकम दिनुपर्नेमा ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ को रकम नभएको चेक दिएका थिए ।
रकम नभएको चेक काटेर दिएपछि प्रहरीमा उजुरी परेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।


