६ हजार घुस सहित सुनसरीका प्रहरी हवल्दार प,क्राऊ
सुनसरी । ६ हजार घुस रकम सहित सुनसरीका प्रहरी हवल्दार र एक व्यापारी पक्राउपरेका छन् ।
इलाका प्रहरी कार्यालय, हरिनगराका प्रहरी हवल्दार भोला यादव र स्थानीय व्यापारी विनोद साहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने भन्दै यादवले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने उजुरी परेको आधारमा इटहरीबाट खटिएको टोलीले हरिनगर गाउँपालिका ४ बाट यादव र साहलाई ६ हजार घुस सहित नियन्त्रणमा लिएको हो ।
यादवले सेवाग्राहीसँग ६ हजार घुस लिएर तत्कालै खाजा होटल सञ्चालक साहलाई राख्न दिएको प्रवक्ता तारानाथ अधिकारीले वताउनुभएको छ ।


