चितवनमा मतदाता अद्यावधिकको काम शुरु

चितवन । सरकारले निर्वाचनको मिति तोकेसँगै जिल्ला तहमा समेत निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्लामा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिकको काम शुरु गरेको छ।

कार्यालयले आइतबार यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अद्यावधिकको काम शुरु भएको जनाएको छ। मतदाता नामावली अद्यावधिक गर्नका लागि सातै स्थानीय तहमा कर्मचारी परिचालन गरिएको कार्यालयका प्रमुख जनार्दन अधिकारीले जानकारी दिए।

उनका अनुसार माघ १५ देखि २१ गतेसम्म नामावलीमा अद्यावधिकको काम गरिने छ । यसका लागि कर्मचारीलाई तालीम दिइसकिएको छ । जिल्लामा पुस ५ गतेसम्म १८ वर्ष पुगेका तीन लाख ६८ हजार ७४९ को नाम दर्ता भएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको छ।

विसं २०७४ को मतदाताको सङ्ख्यामा अहिले १४ हजार ७१४ मतदाता थपिएको अधिकारीले जनाकारी दिए। सो निर्वाचनमा तीन लाख ५४ हजार ३५ मतदाता रहेका थिए । थपिएका मतदाताको नामावली अद्यावधिकको कामका लागि सबैले सहयोग गर्न आवश्यक रहेको अधिकारीको भनाइ छ। अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको र नामावलीमा त्रुटि भएको सच्याइने छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, राष्ट्रिय जनता पार्टीका प्रेमकुमार श्रेष्ठ, नेकपा मालेका पार्वती महतो, राष्ट्रिय जनमोर्चाका डम्बर पुरीलगायतले धारणा राखेका थिए।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।