पाँच सय परिवारलाई लालपुर्जा वितरण

जलेश्वर, १२ माघ । महोत्तरीको बलवा नगरपालिका–६ का ५०२ परिवारलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरिएको छ ।

२०७० सालमा नै नापी भई लालपुर्जा वितरण गर्न नसकिएको ५०२ परिवारलाई आज एक कार्यक्रमबीच लालपुर्जा वितरण गरिएको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख राकेश झाले बताउनुभयो ।

उहाँले विगत चार पुस्तादेखि बलवा–६ का सयौँ बासिन्दा आफ्नै गाउँ ब्लकभित्रको जग्गामा बनाइएका घरआँगनमा बस्दै आए पनि उनीहरुसँग आफ्नो घरजग्गाको लालपुर्जा थिएन भने आज उनीहरु लालपुर्जा पाएपछि निकै हर्षित भएको बताउनुभयो ।

भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय र बलवा नगरपालिकाको संयुक्त पहलमा वर्षौंदेखि लालपुर्जाविहीनलाई लालपुर्जा दिइएको बलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले बताउनुभयो ।

स्थानीयवासी खोदादिन अंसारी, पवीदेवी मण्डल, माधो मण्डलसहित दर्जनौँ व्यक्तिले चार पुस्तापश्चात् आफूहरु आफ्नो घर जग्गाको लालपुर्जा पाएकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले लालपुर्जा वितरण गर्न आएका नगरपालिकाका प्रमुख तथा मालपोत र नापी कार्यालयका प्रमुखसहितका टोलीलाई धन्यवाद दिएका थिए । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।