जिम्बु र भोटेजिराको व्यापारबाट काठमाडाैंकाे पढाइ खर्च जुटाउँदै

जाजरकाेट । कोभिडका कारण यार्सागुम्बा सङ्कलन गर्नबाट वञ्चित भएका उपल्लो डोल्पाका सर्वसाधारण जिम्बु, भोटेजिराको व्यापारका लागि बेँसी झरेका छन्। चिसो मौसमलाई तह लगाउन तल्लो क्षेत्र झरेका उपल्लो डोल्पाका स्थानीयवासी जिम्बु, भोटेजिराको व्यापारबाट अर्थ सङ्कलन गरिरहेका हुन्। उपल्लो डोल्पाको पाटनमा पाइने यो सुगन्धवाला खरबाट जिम्बु, भोटेजिरा उत्पादन हुने गर्दछ।

जाजरकोटको बारेकोट गाउँपालिकाको अग्ला हिमालमा यो पाइने भए पनि डोल्पाको जति राम्रो नभएको बारेकोट–५ का जनकबहादुर शाहीले जानकारी दिए। खेतबारीमा खाद्यान्न उत्पादन नहुने भएकाले जङ्गलमा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर बिक्री गरी आएको पैसाले दैनिक पारिवारिक समस्या समाधान गर्दै आएको इमान गुरुङले बताए। गुरुङजस्तै वडा नं ७ का सार्के वैजु श्रीमतीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जिम्बु बिक्री गरिरहेका छन्।

दुई छोरा काठमाडौँमा पढाउँदै आएका वैजु बर्सेनि जिम्बु बिक्री गरी भएको आम्दानीले छोराको पढाइ खर्च जुटाउँदै आएको बताउछन्। अहिले जेठो १० र कान्छो ७ कक्षामा काठमाडौँ पढ्दैछन्। जिम्बु, भोटेजिरा बिक्री गरेर आएको पैसाबाट पढाइ खर्च पठाइरहेको उनको भनाइ छ। उपल्लो डोल्पाबाट दुनैसम्म पिठ्यूँमा बोकेर ल्याएको जिम्बु, सिमीलगायतका बस्तु दुनैबाट ट्र्याक्टरमा राखेर कर्णाली प्रदेश र अन्य ठाउँमा निर्यात गरिँदै आएको उनको भनाइ थियो। उपल्लो डोल्पाको हिमाली भागमा चौँरी पाटनमा उम्रिने यो जिम्बु दाल तथा तरकारीमा राख्दा बास्नादार हुने भएकाले अत्यधिक प्रयोग हुँदै आएको छ।

उपल्लो डोल्पाका सबै स्थानीय तहको जङ्गलमा पाइने यो बास्नादारा जिम्बु देशका अन्य ठाउँमा अत्यधिक माग हुने गरेको छ । यहाँका स्थानीयवासी जङ्गलमा पाइने जिम्बु सित्तैमा सङ्कलन गरी आर्थिक उपार्जनको राम्रो माध्यम बनाउँदै आएका छन्।

भौगोलिकरूपमा सडक सञ्जालसँग नजोडिएका डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका पाटनमा जिम्बु पाइन्छ। यहाँका अधिकांश स्थानीयवासी जिम्बु सङ्कलन गरेर बाहिरी जिल्लामा पुगेर बिक्री गर्छन्। जिम्बु प्रतिमाना ५० मा बिक्री हुन्छ । असोज कात्तिक महिनामा पाटन क्षेत्रमा जिम्बु सुक्ने भएकाले सोही समयमा पाटन पुगेर जिम्बु टिप्ने गरिन्छ। बालबालिकादेखि सबै उमेरका स्थानीयवासी जिम्बु टिपेर अर्थ उर्पाजनमा संलग्न हुन्छन्। जिम्बु बेचेर कतिपयले राम्रो आम्दानी गर्दै आएको फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिए। कर लगाउने भने पनि ठूलो मात्रामा व्यावसायिक अभ्यास शुरु नभएका कारण करको दायरामा ल्याउन अझै समय लाग्ने न्यौपानेको भनाइ छ।

उपल्लो डोल्पाका सबै स्थानीय तहमा पाइने भोटे जिरा (पोट्का) को माग अत्यधिक हुने गरेको छ । तरकारी, मासु र चटनीमा अत्यधिकरुपमा प्रयोग हुने भोटेजिरा उपल्लो डोल्पाको पाटनमा पाइन्छ। प्रतिकेजी ५०० देखि ७०० सम्म पर्ने यो भोटे जिरा ‘अर्गानिक’ मानिन्छ। स्थानीयवासीले भदौ महिनाको तेस्रो सातातिर भोटे जिरा सङ्कलन गर्दछन्।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।