म्याग्दी नदी किनारको ढुङ्गामाथि आकर्षक मन्दिर निर्माण

म्याग्दी । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान। फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग। चट्टानको शिरमा आकर्षक मन्दिर। बेनी नगरपालिका–२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र पर्यटकलाई आकर्षित गर्न थालेको छ।

करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको चट्टानी पहाडको अवलोकन, पहाडलाई फन्को लगाउन सकिने पैदलमार्गमा यात्रा गर्न र शिरको मन्दिर दर्शन गर्न भक्तजन र पर्यटक आउन थालेका छन्। अलौकिक चट्टानमाथि बनेको मन्दिर अनौठो रहेको मङ्गलाघाटका दीपक बानियाँले बताए।

विसं २०३९ मा काठ र माटोबाट बनेको मन्दिरलाई पुनःनिर्माण र त्यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिएपछि आकर्षक बनेको छ। डिभिजन वन कार्यालय, बेनी नगरपालिका, जिल्ला मालपोत कार्यालय र चन्दा सहयोग जुटाएर कूल रु १५ लाख ८१ हजार ४६४ को लागतमा मन्दिर पुनःनिर्माण, मूर्ति प्रतिष्ठान र पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए।

डिभिजन वन कार्यालय म्याग्दीले रु चार लाख ६४ हजार, बेनी नगरपालिकाले रु दुई लाख ३३ हजार ५५, मालपोत कार्यालयले पूजा खर्चबापत रु १० हजार र बगरको बालुवाबाट रु २० हजार सहयोग प्राप्त भएको थियो। चन्दादाताबाट रु ११ लाख २२ हजार ५७० जुटाइएकामा रु दुई लाख ६८ हजार ४६४ बचत भएको उपभोक्ता समितिका अध्यक्ष कार्कीले बताए।

चट्टानको फेदीदेखि शिरमा रहेको मन्दिरसम्म पुग्न दुई तर्फबाट १०० मिटर रेलिङसहितको पक्की पदमार्ग निर्माण भएको छ। पदमार्गको कुनातर्फ भूमे, गणेश, राधाकृष्ण, सीताराम, नाग, महारानी र शिव पार्वतीको मूर्ति राखिएको छ।

मन्दिर परिसरमा बलि दिने ठाउँ निर्माण र करिब ५० मिटर रेलिङ बनाएर घेराबार बनाइएको छ। बेनी–बरङ्जा सडकदेखि मन्दिर निर्माण भएको चट्टानको फेदीसम्म जोड्ने पदमार्ग र प्रवेशद्वार निर्माणका लागि पहल गरिएको वडासदस्य चन्द्र कुँवरले बताए।

यो चट्टानमाथि बसेर परापूर्वकालमा ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन गरेको स्थानीय बूढापाकाले बताएका छन्। दैनिक पूजाआजा हुने मन्दिरमा बडादशैँ र चैतेदशैँको समयमा विशेष मेला लाग्ने र बलि चढाउने गरिन्छ। जिल्ला सदरमुकाम बेनी बजार नजिकै रहेको बगरफाँटको दुर्गा भगवती मन्दिरको महत्व र विशेषताको प्रचारप्रसारमा जोड दिएमा पर्यटन विकासमा सहयोग पुग्ने वडासदस्य कुँवरले बताए।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।