माडीको पुल बनाउन सहमति दियो निकुञ्जले

नारायण अधिकारी/चितवन, १५ माघ (रासस) ः चितवन राष्ट्रिय निकुञ्जले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै रोकेका माडीका पुल वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि काम सञ्चालन गर्न अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण गर्न सहमति दिइएको बताउनुभयो । साथै ठेकेदार कम्पनीले त्यहाँ प्रयोग गरिएका नदीजन्य पदार्थको राजश्व तिर्ने प्रतिबद्धतासमेत जनाएको छ । बरालले भन्नुभयो, “नदीजन्य पदार्थको राजस्व नतिरेमा पुल निर्माणको भुक्तानीमा नै कट्टा गरिनेछ ।”

चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, माडी नगरपालिका र हुलाकी सडक परियोजनाको संयुक्त बैठकले अपुग कागजपत्र पु¥याउँदै जाने शर्तमा निर्माण कार्य अगाडि बढाउने अनुमति दिएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरी पुल निर्माणको कार्य थालेको भन्दै निकुञ्जले पुलको काम तत्काल रोक्न निर्देशन दिएको थियो । निकुञ्जको निर्देशनपछि ठेकदार कम्पनीले पुल निर्माणको काम रोकेका थिए ।

भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत माडीका सानाठूला खोलामा गरी अहिले ११ वटा पुल बनिरहेका छन् । मगुवाई, रिउ, बगइ खोलामा बन्दै गरेका तीन वटा पुलको मात्रै वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको छ भने बाँकी आठ पुलको प्रतिवेदन बुझाइएको थिएन । तीमध्ये एउटा पुलको वातावरण प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा छ भने अन्यको थाल्ने सहमति भएको हो ।

माडीमा पुल निर्माण गर्दै गरेका ठेकेदार कम्पनीले त्यहीको नदीजन्य पदार्थ प्रयोग गर्दै आएका छन् । निकुञ्ज विश्वसम्पदा सूचीमा सूचीकृत भएकाले मध्यवर्ती क्षेत्रमा काम गर्नुपर्दा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । माडी नगरपालिकाले नगरवासीलाई विभिन्न काममा निकुञ्जले अवरोध गर्ने गरेको भन्दै विरोध जनाउँदै आएको छ । निकुञ्ज स्थापना बेलाको ऐन संशोधन हुन नसक्दा कतिपय काममा अनावश्यक अवरोध हुने गरेको भन्दै नगरपालिकाले विरोध जनाउँदै आएको छ । जसका कारण निकुञ्ज र माडीवासीका बीचमा समयसमयमा द्वन्द्व हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।