धनकुटा पाख्रीबासका निरौलाको गाडीको ठक्करबाट मोटरसाइकल चालक राजबंशीको नि’धन
धनकुटा । धनकुटाको पाख्रीबास ४ निवासी तोर्न निरौलाको गाडीको ठक्करबाट मोरंगको रंगेली नगरपालिका ८ बस्ने ३७ बर्षीय भिम राजबंशीको निधन भएको छ ।
आज बिहान करिब ११ बजेतिर पश्चिमबाट आइरहेको लु२५प५७१२ को मोटरसाइकलले सोही दिशाबाट गइरहेको टेम्पुलाई ओभरटेक गर्न खोज्दा विपरित दिशाबाट गइरहेको बोलेरो गाडी को१ज३१९९ ले ठक्कर दिंदा दु’र्घटना भएको जनाइएको छ ।
घटनापश्चात मोटरसाइकल चालक राजबंशीको घ’टनास्थलमै नि’धन भएको र श’वलाई पोष्टमार्टमको लागि गजेन्द्र नारायण अस्पताल पुर्याइएको छ ।
उक्त दु’र्घटना सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह सडकखण्डमा भएको हो ।
यो पनि पढ्नुहोस्…
चेपाङ उत्थान कार्यविधि निर्माण
मुग्लिन, २१ माघ (रासस) : चितवनको इच्छाकामना गाउँपालिकाले सीमान्तकृत चेपाङ समुदायको उत्थानका लागि कार्यविधि निर्माण गरेको छ । सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक विकास गर्न कार्यविधि निर्माण गरिएको हो ।
गाउँपालिकाले तयार पारेको उक्त कार्यविधिको खाकामा चेपाङ समुदायका अगुवा, उक्त समुदायमा काम गरिरहेका विभिन्न सङ्घसंस्था र सरोकारवालासँग छलफल गरिरहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चेपाङ अगुवा र सरोकारवालासँग छलफल गरिरहेका छौँ, उनीहरुको सल्लाह सुझावलाई समेटेर कार्यविधिलाई पूर्णता दिनेछौँ र कार्यविधि आगामी गाउँसभाबाट पारित गरिने छ ।”
उहाँका अनुसार कार्यविधिमा चेपाङ समुदायलाई आत्मर्निभर बनाउन सीपमूलक, आयआर्जन, महिला सशक्तीकरण, कृषि तथा पशुपालनका माध्यमबाट रोजगारी सिर्जना, शिक्षातर्फ सबै बालबालिकालाई शिक्षा, हरेक वडामा उच्च शिक्षाको कक्षा सञ्चालनलगायत विषय समावेश गरिएको छ ।
आर्थिक अवस्थामा सुधार गर्दै चेपाङको मानसिक परिर्वतन गर्ने गरी कार्यविधि निर्माण गरिएको छ । सपना भिलेज सोसियल इम्याक्टसँगको सहकार्यमा अहिले पनि गाउँपालिकाले चेपाङ सुमदायको आमूलपरिवर्तनका लागि वडा नं–१ मा परियोजना नै सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल चेपाङ सङ्घ वाग्मती प्रदेश समितिका सचिव लक्ष्मण चेपाङले गाउँपालिकाले अघि सारेको उक्त योजनाले चेपाङ समुदायमा आमूलपरिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वास्तविक चेपाङको पहिचान गरी रीतिरिवाज धर्म संस्कृति र संस्कारलाई समेत मध्यनजर गरी कार्यविधि बनाउन सुझाव दिएको बताउनुभयो । नेपाल चेपाङ सङ्घका प्रतिनिधि र चेपाङ जनप्रतिनिधिलाई समेटेर समिति निर्माण गरी अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।


