नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृ’त्यु

मलङ्गवा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दु र्घटनामा मृ त्यु भएको छ ।

बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृ त घोषणा गरेको थियो ।

बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दु र्घटनामा परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा ग म्भीर एवं सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँ सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिगाह निवासी हुनुहुन्थ्यो । अहिले उहाँको शव बरहथवाबाट परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउने तयारी भइरहेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖