कृषि विश्वविद्यालयका सहायक डिन ओझाको निधन

चितवन, माघ २३ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि संकायका सहायक डिन विष्णुराज ओझाको निधन भएको छ। उनको आज बिहान ३ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको हो।

ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो। अस्पताल भर्ना भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण निको भइसकेपछि ओझाको फो क्सोमा स मस्या देखिएको थियो।

विसं २०१९ फागुन १८ गते लमजुङको दुराडाँडामा जन्मिएका ओझाले २०४८ सालमा सहायक प्राध्यापकको रुपमा कृषि क्याम्पस पक्लिहवाबाट सेवा प्रारम्भ गरेका थिए। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।

ओझाको अन्तिम संस्कार आज देवघाटमा गरिएको छ। उनलाई नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको झण्डा ओडाएका थिए। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।