मिलनसार देखिए छथर जोरपाटीका नागरिक

नारायण कुमार राई/धनकुटा २५,माघ । छथर जोरपाटी गाउँपालिकाका नागरिकहरु मिलनसार रहेको पालिकाको तथ्यांकले देखाएको छ । पालिकाको ३ बर्ष यता न्यायीक समितिबाट सेवा लिनेको संख्यामा बृद्धि भए संगै मेलमिलाप गर्नेको संख्यामा पनि उल्लेखनिय प्रगति देखिएको छ ।

जनप्रतिधिनिहरु निवार्चित भएको बर्ष आर्थिक बर्ष ०७४÷०७५ मा ११ वटा उजुरी परेकोमा ९ वटा उजुरीकर्ताहरुले मेलमिलाप गरेका थिए । उक्त संख्या बढेर ०७५÷०७६ मा ३९वटा उजुी परेकामा ३० वटा र आ.ब.०७६÷०७७ मा ४८ वटा उजुरी परेकोमा ३५ वटा मुद्धाहरु मिलापत्र भएका थिए ।

चालु आ.ब.को हाल सम्म परेको ६ वटा मुद्धामा ४ वटा मिलापमा भईसकेका छन् ।

बर्षौ देखि बिभिन्न कारणबाट न्याय नपाएका र अदालत तथा न्यायलय जान नसकेकाहरु न्यायीक समितिमा आकर्षित भएको पालिका उपाध्यक्ष तथा समितिका प्रमुख भीमकला श्रेष्ठको भनाई रहेको छ ।

‘सरल र सहज वातावरणमा दुबै पक्षको जीत हुनेगरी उनीहरुकै छलफलको आधारमा सेवा प्रदान गरिने भएकाले संख्यामा बृद्धि हुनका साथै मेलमिलाप गराउन सहज भएको हो’–श्रेष्ठले जानकारी दिनुभयो ।

हाल सम्म १०४ वटा उजुरी परेको पालिकाले ७६ ओटा मेलमिलाप गराएको छ । जसमा १२ वटा महिला हिं सा,२३ वटा लेनदेन,२२ वटा जग्गा बि वाद र अन्य ४५ वटा मुद्धा फच्र्यौट गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।