तास खेल्दै गरेको अवस्थामा सात पक्राउ
स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल, ३८ वर्षीय लोकनाथ गिरी, ५७ वर्षीय कृष्ण थकाली र ५१ वर्षीय भक्तबहादुर दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
तास खेल्नेहरुको साथबाट रु ३५ हजार ९६० नेपाली र १७ हजार १३० भारतीय रुपैयाँसहित चार बुक ताससमेत बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई १० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।रासस
धारा ७४ मै प्रधानमन्त्रीको अधिकार
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलसहित ११ जनाले बहस गरेको खबर गोरखापत्रमा छापिएको छ ।
पत्रिकामा धारा ७४ मै प्रधानमन्त्रीको अधिकार शीर्षकमा समाचार छापिएको छ । सरकारी वकिलले विघटन संविधानसम्मत रहेको जिकिर गर्दै धारा ७४ लाई मुख्य आधार बनाएका छन् ।
मुलुकको शासकीय व्यवस्था संसदीय शासन प्रणाली हुने उक्त व्यवस्थाले प्रधानमन्त्रीलाई विघटनको अन्तरनिहित अधिकार दिएको जिकिर सरकारी वकिलहरूको छ ।


