हाइकिङले जगायो आशा

गण्डकी, २६ माघ । धेरै पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित थप्रेक, व्यास नगरपालिका–६ मा पर्ने गलेखामकोटलगायतका क्षेत्रमा हाइकर्स क्लब नेपालले गरेको हाइकिङले यहाँको पर्यटकीय विकासमा आशा जगाएको छ ।

हाइकिङका माध्यमबाट गण्डकी प्रदेशभित्रका पर्यटकीय गाउँको उजागर गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो १६ औँ शृङ्खला थप्रेकमा सम्पन्न गर्दै यहाँका प्रकृति र संस्कृतिका विविध पक्षको स्थलगत अध्ययन एवं अवलोकन गरेको क्लबका उपाध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

धौलागिरि हिमालदेखि लमजुङ गोरखासम्मका हिमाल हुँदै पर्यटकीय नगरी पोखरा, तनहुँको सदरमुकाम दमौली आदिलाई एक साथ नियाल्न सकिने यी ठाउँ पर्यटकीयरूपमा उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

हाइकर्स क्लबको समूहलाई स्वागत गर्दै शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले थप्रेक, गलाफु भञ्ज्याङ, गलेखामकोटलगायतका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन आवश्यक भएको बताउनुभयो । हाइकर्स क्लबको एक दिवसीय हाइकिङले आशा जगाएको उल्लेख गर्दै उहाँले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न पूर्वाधार विकासलगायतका कामलाई आफूहरू निर्वाचित भएपछि प्राथमिकतामा राखेर अघि बढाइएको उहाँको भनाइ थियो ।

धार्मिकरूपमा यहाँका विभिन्न स्थलको आफ्नै विशिष्टता भएको जानकारी दिँदै उहाँले धार्मिक आस्था र विश्वासका थप्रेक कोट, गलाफु शिवालय, गलेखामकोटका साथै लामो समय खडेरी परेमा पानी मागिने तीर्थस्थल माइको थान आदि र यहाँबाट देखिने हिमाली तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने बताउनुभयो । थप्रेकमा रहेका ठूलाठूला गर्हा, पोखरी पनि यहाँको पहिचान भएको बताउँदै वडाध्यक्ष पौडेलले पर्यवरणीयरूपमा विशेष महत्व राख्ने पोखरीको संरक्षणलाई वडाले जोड दिएको बताउनुभयो । काठेपिपल, सिलिङ्गे, पोखरी थोक, अर्चलेलगायतका स्थान दृश्यावलोकनका लागि आकर्षक गन्तव्य रहेको उहाँले जानकारी दिनुभयो ।

थप्रेक टोल विकास संस्थाका अध्यक्ष टलबहादुर गुरुङले पर्यटकीयरूपमा आकर्षक गन्तव्य भएर पनि यहाँको सम्भावनालाई पर्यटन बजारमा उपयोग गर्न नसकिएको धारणा राख्नुभयो । ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ सदस्य नगेनसिंह ठकुरी, जुमबहादुर गुरुङलगायतले यस क्षेत्रका सम्भावनालाई उजागर गर्नसके पर्यटन यहाँको समृद्धिका लागि महत्वपूर्ण आधार बन्न सक्नेमा जोड दिनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।