शहिद श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा सम्मान तथा श्रद्धाञ्जली अर्पण

धनकुटा,माघ २६ । तत्कालिन पञ्चायती सरकारबाट मृ’त्युद’ण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठ प्रति आज धनकुटामा एक कार्यक्रमको आयोजना गरि सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शहिद श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा उहाँ प्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा शहीद श्रेष्ठका जेष्ठ सुपुत्र मनोज नारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटका उपसभापति नविन किशोर शाक्य,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई,शहिद भिम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ,सचिव रोशन श्रेष्ठ,नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र सुब्बा ,नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतले सहिद भीम नारायण श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाको योगदानको वारेमा चर्चा गरेका थिए ।

शहिद भीम नाराण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्को अध्यक्षतमा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिका वडा न ५ का वडाध्यक्ष धन कुमार राई,वडा नंं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाली कांग्रेस धनकुटका जिल्ला सदस्यहरु विष्णु पौडेल,अम्विका परियार,क्षेत्रिय कोषाध्यक्ष निरुपा राई,पूर्व जिल्ला सहसचिव राजन पौडेल, वडा उपसभापति गोविन्द राई,महिला संघकी वडा सभापति कुसुम जोशी श्रेष्ठ,पूर्व वडा सभापति कृष्ण श्रेष्ठ,सदस्यहरु धिरेन्द्र श्रेष्ठ,किरण प्रधान,बिनिता श्रेष्ठ,गंगा श्रेष्ठ लगायतले सहिद भीम नारायण श्रेष्ठको शालिकमा मात्लयपर्ण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव रोशन श्रेष्ठले गर्नु भएको थियो ।

धनकुटा वडा नं ६ निवासी नेपाली कांग्रेस धनकुटाका नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डममा नेतृत्व गरेकोमा पाच बर्ष सम्मको कठोर जेल सजाय पछि २०३५ साल माघ २६ गते कोशी टोप्पुमा लगेर तत्कालिन पञ्चायती सरकारले गोली हानी मृत्यु दण्ड दिएको थियो । २०७४ साल माघ ४ गते नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा प्रधान मन्त्री रहनु भएको सरकारले श्रेष्ठलाई राष्ट्रिय शहिद घोषणा गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖