भेडा वाख्रामा लाग्ने रोग पिपिआर विरुद्धको भ्याक्सिन लगाउन शूरु
धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका पशुशाखा कार्यलयले आज देखी वडा नं ७ बाट भेडा वाख्रामा लाग्ने महामारी रोग पिपिआर विरुद्धको भ्याक्सिन लगाउन शूरु गरेको छ ।
वडा नं ७ का वडाध्यक्ष वम वहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच सो वडाका ३ सय बाख्रालाई भ्याक्सिन लगाउदै यो कार्यको शूरुवात गरिएको हो । पशु प्राविधिकहरुका अनुसार यो रोग लागीसकेपछि निको नहुने र एक ठाउँमा लागेपछि धेरै ठाउँमा फैलिने भएकोले यसको नियन्त्रणका लागि रोग लाग्नु अघि नै भ्याक्सिन लगाउन आवश्यक रहेको वताएका छन् ।
यो रोग भा ईरसबाट सर्ने जनाईएको छ । कार्यक्रममा पशुशाखा प्रमुख नगेन्द्र पौडेल,वडा सदस्य गोविन्द पौडेल, पशु प्राविधिक हरि कुमार राई लगायतको उपस्थिती थियो । कार्यक्रममा भ्याक्सिनेटर खगेन्द्र भण्डारीले भ्याक्सिन लगाईरहनुभएको पशु शाखाले जनाएको छ ।
भ्याक्सिन लगाउने कार्यक्रम गाउँपालिकाको ७ वटै वडामा फागुन ३ गते सम्म सञ्चालन गरिने छ ।


