माझी बस्ती निर्माणबाट श्वेता खड्काले हात झिकिन्, मेयर भन्छन्– ऋणमा डुबेको छैन

काठमाडौं । नायिका श्वेता खड्काले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ मा निर्माणाधीन माझी बस्तीबाट हात झिकेकी छन् । श्वेताश्री फाउण्डेसनको अगुवाइमा नायिका श्वेताले ५३ घर माझीका लागि एकीकृत बस्ती बनाउने घोषणा गरेर २०७४ जेठ १५ बाट निर्माण सुरु गरेकी थिइन् । तर, हालसम्म सो बस्ती निर्माण सम्पन्न भइसकेको छैन ।

सोही समयमा बस्ती निर्माणमा जुटेका कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चारवटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरणपछि चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । तर, नायिका श्वेताले थालेको माझी बस्ती निर्माण सम्पन्न भएको छैन । जसको चौतर्फी आलोचना भइरहेको छ ।

बस्ती निर्माण सम्पन्न गर्न नसकेकी उनले करोडौँ खर्चेर विवाह र पार्टी गरेको तथा एक क्लवमा भएको झगडामा उनको उपस्थिति रहेको समाचार सार्वजनिक भएपछि उनलाई झनै आलोचित बनाएको छ ।

त्यसमाथि धुर्मुस सुन्तलीको अभियानसँग आफूलाई दाँजेर माझी बस्ती निर्माणका लागि सहयोग आह्वान गरेपछि उनको अभियानबारे सबैको चासो र जिज्ञासा बढ्यो । तर, उनले सहयोग मागिरहँदा सो बस्ती निर्माणबाट उनले हात झिकिसकेको खुलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।