पानीको सपना पुरा हुने आशा

धनकुटा,२७ माघ । धनकुटाको सुख्खा क्षेत्र शहिदभूमि गाउँपालिकामा पर्ने गोपालपुर र पिलियाटारमा लिफ्ट सिंचाई योजना मार्फत पानी पुग्ने भएको छ । पानीको अभावका कारण काकाकुल झै बनेका पिलियाटारबासी चाडै नै पानी पिउन पाईने आशामा छन् ।

प्रदेश सरकारको झण्डै तीन करोड रुपैयाँको लागतमा धनकुटाको सुख्खा क्षेत्र शहिदभूमी गाउँपालिकाको गोपालपुर र पिलियाटारमा लिफ्ट प्रविधीबाट सिंचाइ हुने भएपछि स्थानिय दंग परेका छन् । आफ्नै जग्गाको सिमाना भएर बग्ने नदिलाई हेरेर आफ्नो जग्गा बाँजो राख्न बाध्य भएका यहाँका स्थानिय सिंचाई आयोजना संचालनमा आउने भए पछि आफ्नो जग्गा सिंचित हुने आशामा देखिन्छन् ।

पानी आउने भएपछि लामो समय पछिको उनिहरुको पानी सपना समेत पुरा हुने भएको छ । यो सिंचाई योजना सम्पन्न भए पछि यहाँका बाँजो जमिन लाई हराभरा बनाउने स्थानिय मिरा राईको भनाई छ । उनले भनिन्न सिंचाई गर्ने कुरा त धेरैको परको हो खाने पानी कै समस्या थियो अब त पानी आउँछकी भन्ने आशा छ । साथै अर्का स्थानीय मोहन कुमार थुलुङ्ग राई भने जग्गाको सिमान भएर नदी बग्छ तर सिंचाई र खानको लागि पानी छैन गाग्रोमा बोकेर सकिदैन आकासे पानीको भरमा खेति गर्नु पर्छ त्यसमा पनि तरकारी बाली लगाउँन पाईदैन अन्न वाली मात्र हो ।

पानीको स्रोत नभएका नदी आसपासका स्थानको पहिचान गरी सिंचाई सुविधा पु¥याउने उद्धेश्यले लिफ्ट सिचाई आयोजना सुरु गरिएको हो । एक नम्बर प्रदेश सरकारको सहयोगमा सञ्चालनमा आउन लागेको लिफ्ट सिंचाई योजनाको काम ८० प्रतिशत भन्दा बढि काम सम्पन्न भई सकेको छ । यो क्षेत्रमा ठूल–ठूलाटार भए पनि सिंचाई अभावका कारण आकासे पानीको भरमा खेतिगर्नु पर्ने बाध्यता छ ।

प्रदेश सरकाको १ करोड ८१ लाख रुपैयाको लागतमा गोपालपुरमा २७ हेक्टर जमिन सिंचितहुने गरि तमोर नदि बाटपानी तान्न सोलार सिस्टमको प्रविधि जडान गर्ने काम भईरहेको छ । यस बाट २ सय ५ घरधुरी लाभान्वित हुनेछन । त्यस्तै १ करोड ५ लाख रुपैयाको लगानीमा पिलियाटारमा सञ्चालनमा रहेको सिंचाई योजनाबाट १५ हेक्टर जमिन सिंचितहुने जलस्रोत तथा सिंचाई विकास डिभिजन धनकुटाका प्रमुख कुशल गौतमले जानकारी दिए ।

अरुण र तमोर नदी बग्ने बेसी फाँटमा ठुल– ठूलाटारहरु रहेकाछन । ती फाँटहरुमा समेत सिंचाई सुविधा पु¥याउन आवश्यक देखिन्छ । त्यसैले पनि यो आयोजनाबाट एकातिर काकाकुल झै बनेका पिलियाटारबासीको प्यास मेट्ने देखिन्छ भने अर्कोतिर नदि किनार छेउका मरुभूमि झै बनेका जग्गामासमेत सिंचाई सुविधा पुग्ने देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।