शैक्षिक गुणस्तरका लागि छथर जोरपाटीले ग¥यो ९ वटा निर्णय

अब बिद्यार्थीहरुले पनि शिक्षकको हाजिर राख्ने

नारायण कुमार राई/धनकुटा,२७ माघ । पालिकाको शैक्षिक गुणस्तर सुधार गर्न छथर जोरपाटी गाउँपालिका धनकुटाले सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको भेला गरेर बिभिन्न ९ वटा बिषयगत निर्णयहरु गरेको छ । पालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक शेरबहादुर लिम्बूको अध्यक्षमा बसेको समिक्षा बैठकले उक्त निर्णयहरु गरेर लागु गर्ने प्रतिवद्धता जनाएको छ ।

बैठकले एक जना संयोजक रहनेगरी ३ सदस्यी गणित,अग्रेजी,बिज्ञान र नेपाली बिषयको बिषयगत समिति गठन गरेको छ । उक्त समितिले बिद्यालय निरिक्षण,अनुगामन तथा पृष्ठपोषण गर्नेछ । त्यस्तै बैठकले बिद्यालयमा सन्चालन भईरहेको दिवा खाजा कार्यक्रम बिद्यालयमा नै बनाएर खुवाउनुपर्ने,आर्थिक बर्ष ०७६÷०७७ को लेखापरिक्षण फागुन मसान्त सम्म पालिकामा पेश गरिसक्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै शिक्षक कक्षा प्रवेश अघि र बाहिरिएको समय बिद्यार्थीहरुले अभिलेख राख्ने कार्यक्रम(टिएसटी) कार्यक्रम फागुन महिना देखि कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै पालिकाले मासिक रुपमा दिईरहेको शिक्षक तलबका लागि हरेक महिनाको २५ गते भित्र माग फाराम पालिकामा पेश गर्नुपर्ने निर्णय गरेको छ ।

शिक्षा गाउँपालिका शिक्षा ऐनमा आधारित रहेर पालिका भरीका सामुदायिक बिद्यालयका शिक्षक कर्मचारी ब्यबस्थापन कार्यबिधि एकैखालको बनाउने निर्णय भएको छ । पालिकाले यस अघि सामुदायिक बिद्यालयहरुमा मात्र छात्राहरुलाई दिंदै आएको सेनिटरी प्याड अब पालिकाका सबै ७ वटै संस्थागत बिद्यालयहरुलाई पनि दिने निर्णय गरेको छ ।

बिद्यालयमा रहेको बिग्रिएका तथा मर्मत गर्नुपर्ने ई–हाजिरी मेसिन बनाउन र नृत्य,गायन र बाद्ययबाधन सिकाई कार्यक्रम तालिमका लागि पालिकामा प्रस्ताव पेश गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा शिक्षा शाखा अधिकृत निर्मला सुबेदीले सामुदायिक बिद्यालयमा ३ आर्थिक बर्ष ०७४÷०७५,०७५÷०७६ र ०७६÷०७७ को प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष भीमकला क्षेष्ठ,प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगर,योजना अधिकृत नेत्रबहादुर श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । बैठकको समापन गर्दै पालिका अध्यक्ष शेरबहादुर लिम्बूले शिक्षा क्षेत्रमा पालिका र बिद्यालयहरुले गरेका राम्रा र महत्वपूर्ण काम जनसमुदाय स्तरमा सूचित गर्न आग्रह गर्नुभएको छ ।

बैठकमा नयाँ शैक्षिक प्रबिधि टकिङ टिचर एप्लिकेशन सम्बन्धि जानकारी क्रियटिभ एडुटेन्टमेन्ट वर्ड प्रा.लि.काठमाण्डौका मोहन राईले प्रबिधिको बारेमा जानकारी दिनुभएको थियो । ६५ हजार रुपैंया पर्ने यस प्रबिधिको नमुना बिद्याल,प्राबिधिक धार तर्फका बिद्यालय र उत्ृष्ट शिक्षण सिकाई भएका बिद्यालयहरुमा प्रयोग गर्न लागिएको पालिका अध्यक्षले जानकारी दिनुभयो ।

छथर जोरपाटी गाउँपालिकामा २८ सामुदायिक र ७ संस्थायत बिद्यालय रहेका छन् । १७२ सामुदायिक बिद्यालय रहेको सामुदायिक बिद्यालयहरुमा ३ हजार ४ सय बिद्यार्थीहरु रहेको शिक्षा शाखाले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।