स्वास्थ्य परीक्षण तथा परिचय पत्र वितरण शिविर शूरु

धनकुटा । अपॉंगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै आजदेखी धनकुटा नगरपालिकामा स्वास्थ्य परीक्षण तथा परिचय पत्र वितरण शिविर शूरु भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश एक, करुणा फाउण्डेसन र धनकुटा नगरपालिकाको संयुक्त सहकार्यमा नगरको २ नं वडा कार्यलयबाट शिविर सञ्चालन शूरु गरिएको हो । शिविरमा २ नं वडाका ३५ जनाले सेवा लिएका छन् । जसमध्ये ६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

ती मध्ये ३ जनालाई ख वर्गको र ३ जनाालाई ग वर्गको परिचय पत्र वितरण गरिएकको प्रमुख प्रसाशकिय अधिकृत रामबहादुर थापाले जानकारी दिनु भयो । भोली वडा नं १ हिले माद्यमिक विविद्यालयमा, २९ गते वडा नं १० को वडाकार्यल, ३० गते वडा नं ३ को वडा दकार्यलय,फागुन १ गते वडा नं ४ दानाबारी सामुदायिक वन, २ गते वडा नं ५ को माथिल्लो कोप्चेमा शिविर सञ्चालन हुने छ ।

फागुन ३ गते वडा नं ६ को कार्यलय, ४ गते ९ नंं वडाको बेलाहारा स्वास्थ्य चौकी ,५ गते ८ नं वडाको शहरी स्वास्थ्य क्लिनिङ् र ६ गते वडा नं ७ को त्रिवेणी माविमा शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिनुभयो ।

नगरभित्रका सबै प्रकारका अपाङ्गता व्यक्तिहरुको नाक ,कान,घाटी,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गर्ने र आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गर्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।