अपाङ्गता स्वास्थ्य परिक्षण तथा परिचय पत्र वितरण शिविर सञ्चालन गरिने

धनकुटा । आउदो फागुन २ गतेबाट धनकुटाको चौविसे गाउँपालिकामा अपाङ्गता स्वास्थ्य परिक्षण तथा परिचय पत्र वितरण शिविर सञ्चालन गरिने भएको छ ।

विशेषज्ञ चिकित्सकहरुमार्फत त्यस्ता व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा परिचय पत्र वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । चौविसे गाउँपालिकाको आयोजना तथा करुणा फाउण्डेशनको सहकार्यमा सञ्चालन हुने शिविरमा पालिका भित्रका सबै प्रकारका अपाङ्गता व्यक्तिहरुको नाक ,कान,घाटी,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गर्ने र आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गरिने छ ।

शिविरको पहिलो दिन फागुन २ गते वडा नं १ को मुक्तराई स्कुल, ३ गते वडा नं २ को स्वथ्यचौकी शुक्रबारे, ४ गते वडा नं ३ र ४ माथिल्लो भेग वडा कार्यलय , ५ गते वडा नं ४ र ५ तल्लो भेगमा शिविर सञ्चालन हुने छ । भने ६ गते वडा नं ५ को वडा कार्यलय, ७ गते ७ नं वडा कार्यलय, ८ गते ८ नं वडा कार्यलय सोक्रोप्पा, ९ गते वडा नं ६ को स्वाथ्यचौकी राजारानीमा शिविर सञ्चालन हुने छ ।

शिविरमा आउँदा नागरिता र नागरीकताको फोटो कपी, पास्पोर्ट साईजको फोटो ४ प्रती र पुरानो कार्ड प्राप्त गरेकाले अनिवार्य रुपमा पुरानो कार्ड ल्याउनु पर्ने गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।