सामाजिक सञ्जालको दुरुपयोग : लोभमा पारेर ठगी

काठमाडौँ, २७ माघ (रासस) : सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट सम्पर्क गरी ठूलो रकम कमाउने प्रलोभनमा फसेर मानिस लाखौँ रकम गुमाउन पुगेका छन् । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, भाइबर, इमोलगायतबाट सिङ्गापुर, लण्डन, कोरियाको नागरिक हुँ भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पारी झण्डै रु २६ लाख ठगी गरेको पाइएको छ ।

यसरी ठगीमा झापाका ३० वर्षीय पङ्कज पौडेल रहेको र उनलाई थप कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ । उनले कतिपयलाई नेक्लेस, घडी, जुत्ता, मोबाइल, डलरको पार्सल एवं गिफ्ट पठाएको, कतिलाई रोजगारीको लागि भिषा लगाई दिने भनी नक्कली भिषा पठाइ विश्वासमा पारेको र कतिलाई पार्सल सामान प्राप्त गर्न भन्सार शुल्क तिर्नुपर्छ भनी रकम ठगेको पाइएको छ ।

उनले रकम निकाल्दा रकम पठाएका व्यक्तिको सवारी चालक अनुमति पत्रमा एउटै फोटो प्रयोग गरी नक्कली सवारी चालक अनुमति पत्र पेश गरी रकम लिने गरेको पाइएको छ । अनुसन्धानका क्रममा उनको मोबाइलबाट रु एक करोड ९५ लाख प्राप्त गरेका अभिलेख फेला परेको छ ।

प्रहरीले उनको साथबाट रु १३ लाखसहित मोबाइल, विनोद काफ्लेको नाममा रहेको नक्कली सवारी चालक अनुमतिपत्र, अनिल बस्नेतको नामको सवारी चालक अनुमतिपत्रलगायत सामग्री फेला परेको जनाइएका ेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।