संचारकर्मी लम्जेलद्वारा महासंघलाई ५० थान कुर्सी प्रदान
धनकुटा । जिल्लाका क्रियाशील संचारकर्मी हरिबहादुर लम्जेलले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई ५० थान प्लाष्टिकको कुर्सी सहयोग गर्नु भएको छ ।

एक कार्यक्रमका वीच संचारकर्मी लम्जेलले महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ र उपाध्यक्ष नगेन्द्र राईलाई कुर्सी हस्तान्तरण गर्नु भएको हो ।
महासंघको कार्यालय व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कुर्सी सहयोग गरेको संचारकर्मी लम्जेलले बताउँनु भयो । पेशागत संगठनमा रुपमा रहेको महासंघलाई कुर्सी सहयोग गर्न पाउँदा खुसी लागेको लम्जेलले बताउँनु भयो ।
लम्जेलले यसअघि पनि महासंघलाई पाँच थान भित्ते घडी सहयोग गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले कुर्सी सहयोग गर्ने लम्जेललाई धन्यवाद व्यक्त गर्नुहुँदै प्राप्त कुर्सीले महासंघको कार्यालय व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयो । प्राप्त कुर्सी महासंघको सभाहलमा राखिने उहाँको भनाई छ ।
त्यस्तै महासंघका उपाध्यक्ष नगेन्द्र राईले उदाहरणीय सहयोग प्रति धन्यवाद व्यक्त गर्नु भयो । नेपाल पत्रकार महासंघ धनकुटाको सह–सचिव रहनु भएको लम्जेल अन्नपूर्ण पोस्ट् दैनिकका धनकुटा संवाददाता समेत हुनुहुन्छ ।


