३ जनालाई अपाङ्गता परिचय पत्र वितरण
धनकुटा । अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गर्दै धनकुटा नगरपालिकामा जारी स्वास्थ्य परीक्षण तथा परिचय पत्र वितरण शिविरमा आज १ नं वडाका ३ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
अन्य १३ जनाको परिचयपत्र नविकरण गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश एक, करुणा फाउण्डेसन र धनकुटा नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालित शिविरमा यो वडाको एक जनालाई “ख” वर्गको र २ जनालाई “ग” वर्गको नयाँ परिचय पत्र वितरण गरिएको धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष निरेन तामाङ जानकारी दिनुभयो ।
नगरभित्रका सबै प्रकारका अपाङ्गता व्यक्तिहरुको नाक,कान,घाटी,जेनेरल फिजियोथेरापी र फिजियोथेरापिष्ट सहितका विशेषज्ञहरुद्धारा प्रारम्भिक स्वास्थ्य जाँच गर्ने र आवश्यकता अनुसार अपाङ्गता परिचयपत्र वितरण तथा नविकरण गर्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
भोलि वडा नं १० को वडाकार्यलमा शिविर सञ्चालन हुने छ ।


