कर शिक्षाको वारेमा छलफल तथा अन्र्तक्रिया
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटामा कर शिक्षाको वारेमा छलफल तथा अन्र्तक्रिया गरेको छ ।
धनकुटामा कर शिक्षा सञ्चालनका लागि करदाता सेवा कार्यालय धनकुटाका सँग संघले छलफल गर्दै हालै मात्र सरुवा भै आउनु भएका कर अधिकृत प्रदिप कटेललाई स्वागत तथा सम्मान गरेको छ । कायक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई ,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ,सचिव श्रीराम रायमाझी लगायतले धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरिरहेको कर शिक्षाको वारेमा प्रस्तुत गरेका थिए ।
करदाता सेवा कार्यालय धनकुटाका कर अधिकृत कटेलले धनकुटा उद्योग बाणिज्य संघ संग सहकार्य गरेर कर सचेतना शिक्षा सञ्चालन गर्ने वताउनु भयो । हालै मात्र करदाता सेवा कार्यालय धनकुटा आउनु भएका कर अधिकृत कटेललाई संघका अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष तितुङ्ग,उपाध्यक्ष खगेन्द्र विष्ठ,महिला उपाध्यक्ष निर्मला राई लगायतले खादा माला टिका लगाई स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष तितुङ्गले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चलन सचिव रायमाझीले गर्नु भएको थियो । धनकुटा उद्योग बाणिज्य संघले आजै हिलेमा निर्माण गरिएको वयर हाउस सञ्चालनको विषयमा धनकुटाका सहकारी संस्थाहरुसँग छलफल तथा अन्र्तक्रिया समेत गरेको कार्यालय सचिव सचिन प्रधानले जानकारी दिनुभयो ।


