घरमा आ’गो लगाई घरबाट नगद र सुनका गहना चोरी

धनकुटा,माघ ३० । धनकुटाको छथरजोरपाटी गाउँ पालिका वडा न. ४ साबिक तेलिया गाबिस वडा न. २ गुठ गोगुन पानी टोलमा पुर्ण बि.क को घरमा राती आ गो लगाई सोही टोलका कृष्ण सार्कीको घरबाट नगद र सुनका गहना योजनाबद्ध तरिकाले चो’री भएको छ ।

घर नजिकै राखिएको परालमा पहिला आ गो लगाइएको र त्यस पछि घरमा समेत आ गो लगाईको र सबै मान्छे आ गो निभाउँन लागेको मौका छोपी चोरी भएको स्थानियवासी मेघराज खतिवडाले जानकारी दिए ।

आ गोबाट के कति क्षेति भएको विवरण आएको छैन् भने घरमा आ गो लगाउने र चो’री गर्नेको खोजी भै रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्…

घुम्ती विद्यालय दयनीय

– दाने बोहरा, सिमकोट, ३० माघ (रासस) : हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ ।

न भवन छ, न विद्यार्थी बस्ने डेस्कबेन्च नै, यहाँका बालबालिका पढ्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को विद्यालय जान बाध्य भएका छन् । पाँच वर्षसम्म सञ्चालनमा आएको उक्त घुम्ती विद्यालय अहिले गाईवस्तु र घोडा, खच्चड बस्ने गोठ बनेको छ ।

गाउँका अगुवा र सम्बन्धित निकायले चासो नदिँदा घुम्ती विद्यालयको अवस्था दयनीय बनेको स्थानीय प्रकाशबहादुर शाहीले गुनासो पोख्नुभयो । “बालबालिका पढ्नका लागि साढे एक घण्टाको पैदल हिँडेर विद्यालय जान बाध्य भएका छन्, गाउँमै स्थापना भएको विद्यालय जीर्ण अवस्थामा छ, न त डेस्क नै, न त भवन नै राम्रो छ”, उहाँले गुनासो पोख्नुभयो ।

उहाँका अनुसार विद्यालयको छानो गत वर्षको हावाहुरीले उडाउँदा जस्तापाता चोरी भएर आकाश देखिने भएको छ, । विद्यालय बनाएको भवन अहिले गोठ बनेको छ, कक्षा कोठाभरि गाईवस्तुका गोबरका साथै विभिन्न फोहरले दुर्गन्धित हुनुका साथै हेरिनसक्नुभएको छ । विद्यालय बनाएको भवन प्रयोगमा नआउँदा स्थाीनयवासीले घोडा, खच्चड राख्ने गोठ बनााइएको छ ।

सरोकारवाला निकायले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदा विद्यालयको अवस्था हेर्दा रुन मन लागेको अर्का स्थानीयवासी दीपक शाहीले गुनासो गर्नुभयो । साविक वडा १, २ र ४ का गाउँमा बसोवास गर्ने बालबालिकाका लागि कैलाश माध्यामिक विद्यालयको उपशाखा घुम्ती विद्यालय बने पनि यसको संरक्षणमा कसैले चासो नदिँदा जीर्ण अवस्थामा पुगेको शाहीले बताउनुभयो ।

“विद्यालय भवन निर्माण गरेर मात्रै नहुनेरहेछ, यसको संरक्षण, व्यवस्थापनका साथै शिक्षक दरबन्दी नहुँदा विस्तारै ओझेलमा पर्दोरहेछ”, उहाँले भन्नुभयो । पहिला पाँच वर्षसम्म सञ्चालन हुँदा एक जना शिक्षकले धानेको विद्यालय अहिले शिक्षकको दरबन्दी नहुनुका साथै भएको शिक्षकलाई तलब दिने पैसाको व्यवस्था गर्न नसक्दा समस्या निम्तएको हो । पहिला कैलाश माविमा शिक्षक दरबन्दीअनुसार नहुँदा उपशाखा घुम्ती विद्यालयमा शिक्षक अभाव हुँदा अवस्था जीर्ण बनेको हो ।

“विद्यालयको नाममा जग्गा धेरै छ, सातकोठे भवनसहित दुईकोठे व्यवस्थित शौचालय निर्माण भएको थियो तर अहिले विद्यालयको भौतिक संरचना हेर्दा दया लागेर आउँछ”, उहाँले बताउनुभयो । शाहीका अनुसार उक्त विद्यालयको झ्यालढोका फुटाएर चोरी भएका छन्, अधिकांश जस्तापाता छैनन्, भवन भत्किएका छन् । विभिन्न निकायमा विद्यालय पुनः सञ्चालनका लागि आग्रह गर्दा कोही कसैबाट सुनुवाइ हुन नसकेको बताइएको छ । भएका भौतिक संरचना तोडफोड हुनुका साथै चोरी भएपछि कक्षाकोठाजस्तो देखिँदैन उजाड बनेको छ । भएको विद्यालय प्रयोगविहीन हुँदा शिशु, एक र दुई कक्षामा अध्ययनरत विद्यार्थीले समेत साढे एक घण्टादेखि दुई घण्टाको पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको छ ।

घुम्ती विद्यालय प्रयोगविहीन र जीर्ण अवस्थामा हुँदा चुकेडी बस्तीका अधिकांश बालबालिकाले पढ्न पाएका छैनन् । चिसोका कारण छ महिना पढाइ हुने हुम्लामा यहाँका बालबालिकालाई विद्यालय टाढा हुँदा विद्यालयमा पढाइ भए पनि नियमित उपस्थित हुने बानी उनीहरूको छैन । “पुस्तौँदेखि शिक्षाबाट वञ्चित यहाँका नागरिक, बालबालिकालाई पढाउन विद्यालय खोलियो तर उनीहरूको गाउँमा विद्यालय खुल्दा पनि लेखपढ गर्न पाएका छैनन्”, शाहीले भन्नुभयो ।

दुर्गम क्षेत्रका सरकारी स्कूललाई पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधार गर्न पर्याप्त बजेट नहुँदा समस्या बनाएको छ । कैलाश माविमा दरबन्दीअनुसार कर्मचारी र भौतिक संरचना राम्रो भए पनि यसको उपशाखा खोलिएको घुम्ती विद्यालयका लागि पर्याप्त पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा नाजुक बनेको हो । यसका लागि विद्यालय व्यवस्थापन समिति र वडाले कुनै चासो देखाएका छैनन् । पाँच वर्षअघि जिल्लामा सञ्चालित उपाप संस्थाले सो भवन निर्माण गरेको थियो । अहिले यो संस्था नै नभएकाले यसको अवस्था दयनीय बनेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।