५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण बन्द

लमजुङ, माघ ३० । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्य बन्द गरिएको छ। बिहीबार जिप दु र्घटनामा परी आयोजनाका कर्मचारीको मृत्यु भएकाले आज एक दिन आयोजनाको सबै निर्माण कार्य बन्द गरिएको आयोजना साइन्ट इञ्चार्ज रमेश सिग्देलले बताए।

बिहीबार आयोजना स्थलतर्फ आउँदै गर्दा अचानक जिप दु र्घनामा परी आयोजनाका कर्मचारीको मृ त्यु र केही घा इते भएका थिए। बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप सोही गाउँपालिका–६ सिमी ताजेँमा बिहीबार दु र्घटना हुँदा गाउँपालिका–६ सिमिताजेमा दुर्घटना हुँदा जिप चालक २६ वर्षीय किशोर राई, ३४ वर्षीय इन्जिनियर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका–१० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृ त्यु भएको थियो।

त्यस्तै, आयोजनाका इन्जिनियर सुनिलकुमार शाह घा इते भएका छन्। त्यस्तै, सोही जिपमा रहेका सोही पालिका–६ सिमी ताजेँ घर भएका १५ वर्षीय अनु घले र १५ वर्षीय सुशाना विक घा इते भएका छन्। प्रहरीका अनुसार सो जिप सडकबाट १२० मिटर तल खसेर दु र्घटना भएको थियो।

दोर्दी खोला कोरिडोरमा पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ८२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पीपीए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो।

आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन्। विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो। सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।