सॉंसद राईलाई पितृशोक

धनकुटा । बिगठित प्रतिनिधि सभामा धनकुटा जिल्लाबाट प्रतिनिधित्व गरिरहनु भएका सॉंसद राजेन्द्र राईलाई पितृ शोक परेको छ ।

नेकपा धनकुटाका अध्यक्ष,पार्टी केन्द्रिय कमिटि सदस्य राईको बुबा तेज बहादुर राईको १०१ बर्षको उमेरमा निधन भएको हो ।

वहॉंको आजै राम्चेमा अन्त्येष्टि गरिएको छ ।

यो पनि पढ्नुहोस्…

मूल्य बढी हुँदा बिकेन खाद्यको चामल

जाजरकोट, १ फागुन (रासस) : बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी रु १० को फरक परेपछि कम्पनीको चामल नबिकेको हो । मूल्य घटाउन कम्पनीको केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको हो ।

अरुवा मध्यम चामल प्रतिकेजी रु ४९, अरुवा मोटो रु ४६, स्टिम जिरामसिनो ६५, अरुवा मकवानपुर रु ४६, अरुवा मोटो चामल ४६, खाली प्लास्टिक, जुटबोरो रु ४६, प्लास्टिक जुटबोरो रु ४०, बङ्गलादेशी जुटबोरा रु ३० मा व्यापार कम्पनीले सदरमुकामबाट बिक्री गरिरहेको छ । यही चामल बजारमा प्रतिकेजी रु १० कममा बिक्री हुँदा कम्पनीको चामल नबिकेको हो । अहिले कम्पनीको नायकवाडा (घाट) चौखा, घोगी, दशेरा, ताँगा, रजुतरा, घरङ्गा, टापुचौर, काउली, नलगाडमा रहेका डिपोबाट चामल बिक्री भइरहेको छ ।

बजारमा पाइने चामलभन्दा डिपोमा पाइने चामलमा मूल्य अन्तर भएपछि सस्तो पाइने ठाउँमा नै सेवाग्राही जाने गरेको पाइएको छ । वर्षायाममा सडक अवरुद्ध भएपछि अत्यधिक माग बढेको भए पनि अहिले व्यापार कम्पनीको चामल महङ्गो भएको बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले जानकारी दिनुभयो । मूल्य घटाउन लेखर पठाएको भए पनि मूल्य घटेर केन्द्रबाट आइनपुगेको जिल्ला शाखाका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सहुलियतामा जनसाधारणलाई उपलब्ध गराउने भनिएको चामल नै बजारको भन्दा महङ्गो भएको गुनासो आएपछि पटक–पटक निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।