आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य तथ्याङ्कको महत्वपूर्ण भूमिका

धनकुटा । आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य तथ्याङ्कले महत्वपूर्ण भूमिका निर्वाह गरेको धनकुटामा आज सम्पन्न मूल्य तथ्याङ्क सम्वन्धि नेपाल राष्ट्र बैक आर्थिक अनुसन्धान बिभाग मूल्य महाशाखाको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले वताएका छन ।

कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले राष्ट्र बैकले संकलन गरेर प्रस्तुत गर्ने मूल्य तथ्याङ्क नै सरकारका लागि आर्थिक क्षेत्रको मुख्य आधार हुने वताउदै मूल्य संकलन सम्वन्धि अवधारणा प्रस्तुत गर्नु भएको थियो । नेपाल राष्ट्र बैक मूल्य महाशाखाका उप निर्देशक गिरिजा प्रसाद कोईरालाले मूल्य तथ्याङ्क सम्वन्धी कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपाल राष्ट्र बैक आर्थिक अनुसन्धान बिभाग मूल्य महाशाखाका निर्देशक आर्या जोशीको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्र्तक्रिया कार्यक्रममा त्रिवेणी माविका प्रधानाध्यापक दिपक पोखरेल,शिक्षक राम श्रेष्ठ,जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राई,धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु अम्बिका धमला,शोभा श्रेष्ठ,फर्निचर व्यावसायी संघका सचिव रिद्ध थापा,पस्तक तथा स्टेशनरी व्यावसायी संघ धनकुटा अध्यक्ष विक्रम कार्की ,व्यावासायीहरु जानुका सुन्दास,रेणुका कार्की लगायतले मुल्य संकलनलाई बैज्ञानिक र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य मूल्य संकलक गुरुप्रसाद काफ्ले र कार्यक्रमको संचालन राष्ट्र बैकका कुसल ढकालले गर्नु भएको थियो । सहजीकरण मूल्य संकलक सन्तोषी राईले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।