पिं’डितलाई तत्काल राहत उपलब्ध गराईयो, आ’गजनी गर्नेलाई पत्ता लगाएर का’रवाही गरिन्छ–प्र.जि.अ.

नारायण कुमार राई,धनकुटा । आ गलागीबाट घर न’ष्ट भएका छथर जोरपाटी वडा नं. ४ का पूर्णबहादुर बिश्वकर्माको परिवारलाई राहत उपलब्ध गराईएको छ ।

माघ २९ गते राती अज्ञात ब्यक्तिहरुबाट आ’गजनीबाट घर न’ष्ट भएका बिश्वकर्माको परिवारलाई स्थानिय बिपद ब्यबस्थापन समिति छथर गाउँपालिका,जिल्ला बिपद ब्यबस्थापन समिति जिल्ला प्रशासन कार्यालय धनकुटा र रेडक्रस सोसाईटी कार्यालय धनकुटाले राहत उपलब्ध गराएको हो ।

बिश्वकर्माको परिवारलाई गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अगुवाईमा गएको टोलीले आज २ गते आईतबार उनको घरमा पुगेर राहत दिईएको हो ।

बिश्वकर्मालाई स्थानिय बिपद ब्यबस्थापन समिति छथर गाउँपालिकाले जस्तापाता,सिरक,डस्ना,कम्वल,बाल्टी,सिरानी,चामल,दाल,नुन,तेल,लगाउने कपडा सहयोग गरेको स्थानिय बिपद ब्यबस्थापन समिति छथर जोरपाटीका सदस्य सचिव नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला बिपद ब्यबस्थापन समिति जिल्ला प्रशासन कार्यालय धनकुटाले नगद रु १५ हजार र जिल्ला रेडक्रसले ९ हजार ५ सय बराबरको त्रिपाल,लत्ताकपडा,भाडावर्तन तथा बन्दोबस्तिका सामान उपलब्ध गराएको थियो ।

उक्त सामाग्री अध्यक्ष लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठ सहित प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल ,जिल्ला रेडक्रस सभापति हरीकुमार राई,वडा नं. ४ का अध्यक्ष टेक बहादुर घिसिङ्गले हस्तान्तरण गर्नुभएको थियो ।

राहत बितरण कार्यक्रममा बरख गण सल्लेरी ब्यारेक धनकुटाका सेनानी किशोर खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोबिन्द अधिकारी,श–सस्त्र प्रहरी बल धनकुटाका सहायक प्रहरी उपरीक्षक रामचन्द्र श्रेष्ठ,प्रहरी चौकी सिंधुवाका भद्रबहादुर कटुवाल लगाएत स्थानिय संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

राहत बितरण गर्दै प्रमुख जिल्ला अधिकारी दाहाल र प्रहरी नायव उपरीक्षक अधिकारीले बिश्वकर्माको घर आ’गजनी गर्नेलाई चाँडै पत्ता लगाएर कारवाही गरिने बताउनु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।