चिनी मिललाई उखु अभाव

कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो ।

बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । “किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ”, उनले भने, “नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।”

विश्वका सबैभन्दा उन्नत उखुका जात ल्याएर किसानलाई लगाउन दिइएको उनको भनाइ छ । छ वटा उपकेन्द्रमा आबद्ध किसानलाई अनुदानमा कृषि उपकरणसमेत मिलका तर्फबाट उपलब्ध गराइएको इन्डष्ट्रिजका अर्का प्रबन्धक राजेश्वर शाहले बताए । कृषि उपकरणसँगै उखु खेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ । “परम्परागतरूपमा हुँदै आएको खेती छाडेर किसानले ट्रेन्च प्रविधिबाट उखु खेती गर्दै आएका छन ।

एक बिघा जग्गामा २०० देखि ३०० क्विन्टल उत्पादन हुँदै आएको जग्गामा हाल ५०० देखि ७०० क्विन्टल उखु उत्पादन हँुदै आएको छ”, उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राईले भने, “उखु लगाउने थोरै जग्गा हुँदा चिनी मिलको क्षमताअनुसार उखु उत्पादन हुन सकेको छैन । चाहेको बेला रासायनिक मल र कीटनाशक विषादी नपाउँदासमेत उत्पादन बढाउन कठिनाइ छ ।”

उखु उत्पादन गर्दै आएका किसानलाई मिलमा उखु बेचेको २४ घण्टाभित्रै अनलाइन प्रणालीमार्फत भुक्तानी दिने व्यवस्था गरिएको उनको भनाइ रहेको छ । “चिनी मिलले भुक्तानी दिएको छ महिनापछि मात्रै सरकारले अनुदानबापतको रकम उपलब्ध गराउँछ । सरकारी अनुदानको रकम छिट्टै उपलब्ध गराउने व्यवस्था गरिए किसानको खेतीप्रतिको लगाव बढाउन सकिन्छ”, उनले भने ।

मङ्सिरदेखि चैतको अन्तिम सातासम्म उखु मिल सञ्चालन हुने गरेका छन् । एक क्विन्टल उखुबाट १० किलोको हाराहारीमा चिनी उत्पादन हुने गरेको छ । चिनी मिलसँगै गाउँमा उखु पेल्ने कोल्हु (खाँडसारी उद्योग) समेत सञ्चालनमा छन् । कोल्हु सञ्चालकहरूले उखु पेलेर गुड बनाउने गरेका छन् । गुड बनाउन झण्डै तीन लाखदेखि पाँच लाख क्विन्टल उखु खपत हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कञ्चनपुरमा पाँच हजार ६३ हेक्टर क्षेत्रफलमा दुई लाख २२ हजार ३५७ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । सोमध्ये २०० बिघा क्षेत्रफलमा रेडक्रसले मर्सिकोरको सहयोगमा एमरेड परियोजनाअन्तर्गत बगरमा उखु लगाइने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।