बज्रमाई माबिले मनायो आफ्नो ४३ औं बार्षिकोत्सव

धनकुटा,फागुन ४ । चौविसे गाउँपालिका ५ बोधेको वज्रमाई माध्यमिक विद्यालयले आज आफ्नो ४३ औँ वार्षिकोत्सव मनाएको छ ।

सरस्वती पूजाको अवसर पारी एक ार्यक्रमको वीच विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ५ का वडा सदस्य गोविन्द बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक ढकेन्द्र सुवेदीले प्रस्तुत गर्नु भयो । कार्यक्रममा मनोरञ्जनात्मक कार्यक्रम साथै खेलकुद कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

खेलकुद कार्यक्रममा विस्कुट दौड तर्फ योगेश याखा प्रथम , सुदिप अधिकारी दोश्रो र आरती याख्खा तेश्रो भएका छन् । त्यस्तै तातो आलु खेलमा क्रमश जमुना बस्नेत ,उज्वल खड्का ,रवी बस्नेत प्रथम , द्धितीय , तृतिय भएका छन् । कुर्सी घुमाई खेलमा सुदिप वि क पहिलो , शेखर बस्नेत दोश्रो र सम्झना न्यौपाने तेश्रो भएका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अथिति तथा अतिथिहरुले पुस्कार वितरण गरेको विद्यालयले जनाएको छ ।

५ नं वडा का वडा अध्यक्ष पदम कुमार देवानको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शिक्षक यादव प्रसाद ढकालले राख्नु भएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गजेन्द्र बस्नेत सहित शिक्षक ,विद्यार्थी ,अभिभावकहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।