धनकुटाको विभिन्न स्थानमा यसरी मनाइयो श्रीपन्चमी पर्व

धनकुटा । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाईएको छ ।

यो अवसरमा धनकुटा,हिले,पाख्रीवास सहित देशभर नै विद्यालय तथा सरस्वतीका मन्दिरहरुमा देवी सरस्वतीको निष्ठा पूर्वक पूजा–आराधना गरिएको छ । साथै विद्यालयहरुमा साँस्कृतिक एवम् खेलकुदका क्रियाकलाप समेत सञ्चालन गरिएको छ ।

सरस्वती पूजाको अवसरमा विधिपूर्वक सरस्वतीको पूजा गरि कक्षा १ देखी विविएस सम्मको विद्यार्थीहरुले विद्यालयमा दिनभरी नै साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेको हिले माद्यमिक विद्यालयका शिक्षक दीपक घिमिरेले वताउनुभयो । कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावक तथा जनप्रतिनीधिहरुको उपस्थिती थियो । त्यस्तै मदरल्याण्ड वोर्डिङ स्कूलमा पनि साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल प्रेम सुव्वाले वताउनुभयो । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । तर यो वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म भने गरिएन ।

आजका दिन बालबालिकालाई शिक्षारम्भ तथा नाक–कान छेड्न पनि शुभ मानिन्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।