सप्तकोशीको ताँबेढुगा नफूटाउन माग गर्दै किरात धर्म संघ नेपालद्वारा ज्ञापन पत्र
धनकुटा,५ फागुन । किरात धर्म संघ नेपालले सप्तकोशी नदिको त्रिवेणी स्थीत अरुण र तमोरको संगम स्थलमा नदीको बीचमा रहेको ताँबेढुगा (खुवालुग) लाई फुटाउने कार्य रोक्न भन्दै धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

ताँबेढुगालाई किराँतीहरुले परापूर्वकाल बाट पुज्दै आएको र किरातीहरुको आश्थाको प्रतिक समेत भएकोले अहिले जेट बोट संचालनका लागि अप्ठेरो भएको भन्दै फूटाउन खोजीएकोले आफूहरुले त्यस कार्य लाई तत्काल रोक्नका लागि प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको नेपाल आदीवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सन्जयसन्तोषी राईले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो हामी किरातीहरुका लागि त्यो एउटा फगत ढुगा मात्र नभई इतिहास संग जोडिएको कुरा हो त्यसैले ढुगा फूटाउने कार्य तत्काल रोक्न माग गरेका हौं ।
ज्ञापन पत्र बुझाउन किरात मागथुम चुम्लुगका प्रदेश न १ सदस्य चन्द्र सिंह लिम्बु, किरात याम्फू समाजका केन्द्रिय सचिव सुरेस याम्फू,कीरात यासेक धनकुटाका अध्यक्ष नगेन्द्र राई,किरात धर्मसंघ नेपालका मुन्धुम शास्त्र संयोजक इन्द्रहाग खुम्बु लगायतको उपस्थिीती रहेको नेपाल आदीवासी जनजाती महासंघ धनकुटाका अध्यक्ष सन्जयसन्तोषी राईले जानकारी दिनु भयो ।


