छोरीको जन्मोत्सवमा विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाका एक परिवारले आफ्नो छोरीको जन्मोत्सव विद्यालयका विद्यार्थीहरुलाई पोषक वितरण गर्दै मनाएका छन् ।

चौविसे २ का बुवा मानवहादुर वस्नेत र आमा रिता वस्नेतले आफ्नी छोरी रिजमा वस्नेतको जन्मोत्सव संयुक्त माद्यमिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोषाक प्रदान गरेर मनाएका हुन् ।

आफ्नी छोरी २ वर्ष पूरा भई ३ वर्ष लागेको उपलक्षमा उनिहरुले एक कार्यक्रमको वीच सो विद्यालयका कक्षा १ देखी १० सम्मका एक एक जना गरि जम्मा १० जना छात्राछात्रलाई पोषाक प्रदान गरेको स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो ।

पोषाक पाउनेहरुमा कक्षा १ देखी १० सम्मका क्रमश विश्व लिम्वु,आरोहाङ लिम्वु,सौगात लिम्वु,किरण याख्खा,एलिन लिम्वु,रेजिना लिम्वु,नम्रता पौडेल,रञ्जना लिम्वु,लक्ष्मी लिम्वु र संगीता लिम्वु रहेका छन् ।

विद्यालयका प्रधानाध्यापक तेज प्रकाश तुम्साको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै अतिथिहरु शालिग्राम पौडे र चिन्तामणी पौडेलले जन्मोत्सव मनाउँदा खाने पिउनेमा खर्च गर्नुभन्दा यस्ता र्सिजनशिल र सहयोगि कार्य गरे विद्यार्थी एवम् अभिभावक दुवैतर्फ उत्साह थपिने वताएका थिए । मानवहादुर वस्नेत सोही विद्यालयका शिक्षक समेत हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।