गरीखाने अभियान सञ्चालनका लागि धनकुटामा आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न
धनकुटा । गरीखाने अभियान सञ्चालनका लागि धनकुटामा आयोजित अभिमुखिकर कार्यक्रम सम्पन्न भएको छ । गरीखाने अभियानको अभिमुखीकरण एवम् प्रशिक्षण कार्यक्रमको समापन समारोहमा वोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापाले कांग्रेसलाई उद्यमी, व्यावसायी बनाउन सबैका लागि गरीखाने अभियान सञ्चालन गरिने वताउनु भएको छ ।
त्यस्तै पूर्व मन्त्री तथा लगानी पूर्वाधार र रोजगार दृष्टिकोण दिगो परियोजना विशेष समितिका १ नं प्रदेश संयोजक नेपाली कांग्रेसका नेता दिपक खड्काले राजनीति र राजनिज्ञलाई सम्मानित बनाउन गरिखाने कार्यक्रम प्रभावकारी हुने वताउनु भयो । संविधान सभाका सदस्य तथा पार्टीका आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले राजनीतिमा लाग्ने नेता तथा कार्यकर्ताहरुलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम उपयोगी हुने भन्दै अभियानमा जोडिन सवैलाई आग्रह गर्नुभएको छ ।
पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल, प्रदेश सभा सदस्य लिला सुब्बा,सल्भ नेपालका अध्यक्ष राजेन्द्र वहादुर प्रधान, पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई लगायतले व्यावसाय र राजनीतिसंग सँगै अगाडी बढाए मात्र दिगो राजनीति गर्न सकिने भएकोले गरीखाने कार्यक्रम राजनीति गर्नेहरुका लागि ठूलो अवसर भएको वताएका थिए। लगानी पूर्वाधार र रोजगार दृष्टिकोण दिगो परियोजना विशेष समितिका १ नं प्रदेशका सदस्य तथा पार्टीका जिल्ला कोषाध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा गरीखाने कार्यक्रमका सि ओ राजु नेपाल, राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा।गोविन्द्र पोखरेलले सहभागीहरुलाई गरिखाने अभियानको वारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा पार्टीका जिल्ला समिति,क्षेत्रिय समिति,पालिका समिति,वडा समितिका पदाधिकारी,सदस्य र भातृ तथा सुभेच्छुक संस्थाका पदाधिकारी र व्यावसायीले सहभागीता जनाएका थिए । नेपाली कांग्रेसले आफ्नो सवै नेता तथा कार्यकताहरुलाई उद्योग,व्यापार तथा व्यावसायमा संलग्न गराई आत्मनिर्भर बनाउने उदेश्यले धनकुटा जिल्लाका ६० वटै वडाहरुमा खरीखाने कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।
यसका लागि सम्पर्क व्यक्तिको रुपमा नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष १ न प्रदेश समितिका सदस्य दिनेश राई,नेपाल महिला संघ धनकुटका उपाध्यक्ष अम्बिका धमलालाई जिम्मेवारी दिईएको छ ।


