सियारीमा गुठीका जग्गा संरक्षण हुँदै

युवराज पाण्डे,बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले सार्वजनिक र गुठीका जग्गा संरक्षण शुरु गरेको छ। सबै जग्गाको लगत सङ्कलन गर्दै समुदायको सहकार्यमा ऐतिहासिक र पुरानो गुठीका रुपमा रहेको सियारी गाउँपालिका–३ भैसाखादरस्थित रामजानकी मठमन्दिरको नाममा रहेको जग्गामा केही भूमाफियाले चलखेल गरेपछि पालिकाले समुदायसमेत गुहारेको छ। उक्त जग्गा करिब २०० वर्ष पुरानो इतिहास बोकेको गुठी र मन्दिर क्षेत्र मानिने स्थानीयले जनाएका छन्।

उक्त वडामा मात्रै गुठी तथा मन्दिरको नाममा करिब ६० बिघा जमिन रहेको बताइएको छ। सोमध्येको जमिनमा मन्दिरका प्रमुख संरक्षक भनिएका रवीन्द्रनाथ वैष्णव (झा) को संलग्नतामा जमिन दुरुपयोग बढ्दै गएको स्थानीय सरकारले सुइको पाएपछि पालिकाले समुदायका अगुवा गुहार्दै काम थालेको छ। उनको भारतको उत्तरप्रदेशस्थित विहारको माधवपुरमा समेत घर रहेको छ। उनको त्यहाँको नागरिकता, आधारकार्ड, मतदाता नामावली र नेपालमा लिएको नागरिकताको प्रमाणपत्रसमेत पालिकाले प्रमाणका रुपमा सङ्कलन गरेको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले जानकारी दिए।

वैष्णव (झा) ले जग्गा संरक्षणका नाममा आफूखुशी गर्ने, लिजमा दिएरसमेत गैरकानूनी काम गरेपछि त्यसलाई रोक्न पालिकाले आफ्नो अधिकारको प्रयोग गरेको थियो। स्थानीय अगुवाले पालिकाले शुरु गरेको संरक्षणलाई स्वागत गर्दै उनीहरुले संरक्षण गरेर जग्गाको सही सदुपयोग हुनुपर्ने, स्थानीय पालिकाको वैधानिक आयस्रोतका रुपमा विकास गर्नुपर्ने पनि माग गरेका छन्।

पालिकाले एक बिघालाई वार्षिक रु १८ हजार मन्दिर व्यवस्थापन समितिमा बुझाउने गरी गाउँका विपन्नलाई खेती गर्न दिएको छ। करिब २८ बिघा जग्गा समुदायका विपन्न समुदायले वार्षिकरुपमा लिजमा लिएका छन्। उक्त जमिनमध्ये केहीमा खेती भइरहेको छ भने कतिपयमा यस्तै चलअचल सम्पत्ति रहेको छ। मठको जग्गा यकिन गरी जग्गा संरक्षण तथा इतिहास बोकेको रामजानकी मन्दिर संरक्षण गरिने सियारी गाउँपालिका अध्यक्ष थारुले बताए।

उनले भने, “सो मठका महन्त प्रमुख संरक्षक भनिने रवीन्द्रदास वैष्णवले गुठीको सम्पत्तिको दुरुपयोग गरे, मन्दिरको विकास गरेनन् मन्दिरको विकास हुन नसक्दा स्थानीय पनि रुष्ट छन् ।” राज्यको ऐन–नियमअनुसार मन्दिर तथा मठको जग्गा संरक्षण र विकास गरिने उनले जानकारी दिए।

भैसाखादरमा रहेको रामजानकी मन्दिरलाई लुम्बिनीसँग जोडेर पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन्। मन्दिरको विकासका लागि बजेट विनियोजन गरिएको र मन्दिरको आवश्यक भौतिक पूर्वाधारको विकास गरिने तथा जग्गा संरक्षणका लागि तारबार लगाइने उनको भनाइ छ।

मन्दिरमा रहेको जग्गा संरक्षण हुनुपर्ने, मन्दिरको आम्दानी मन्दिरको विकासमा लगाउनुपर्ने, हिसाबकिताब पारदर्शी तरिकाले राख्नुपर्ने, स्थानीय तथा अन्य सबै भक्तजनले पूजापाठ गर्न पाउनुपर्नेलागयतका माग आफूहरुले विगतदेखि नै उठाउँदै आएको स्थानीय सोमै थारु बताउछन्। जग्गा संरक्षणका लागि वडा–३ का अध्यक्ष घिसन अहिरको संयोजकत्वका ११ सदस्यीय मन्दिर संरक्षण समिति गठन गरिएको छ। मठ तथा मन्दिरको सबै सम्पत्ति संरक्षण र सम्वद्र्धन तथा सञ्चालनका लागि समुुदायको समेत अपनत्व हुने गरी विशेष योजना बनाइने संयोजक अहिरले बताए।

उक्त समितिको उपाध्यक्षमा बृहस्पति थारु, सचिव सुरेश यादव र सदस्यमा त्रिभवानी थारु, बलिराम यादव, राजेन्द्र यादव, रोशनप्रसाद चौधरी, मञ्जु थारु, महातन यादव र शिवकुमार थारु सदस्य रहेका छन्। प्रमुख संरक्षक भनिने वैष्ठव (झा) महन्तले अहिलेसम्म हिसाव पारदर्शी नगरेको मन्दिरको जग्मा भएका काठ जथाभवी कटान गरी बेचबिखन गरेको, मन्दिरको जग्गामा माछापालन गर्न दिएको, गाउँवासीबाट जथाभावी रकम असुली गर्ने गरेको स्थानीयको आरोप छ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।