जेष्ठ नागरीक संघ पुरस्कृत
धनकुटा । जेष्ठ नागरीक जिल्ला संघ धनकुटाले जिल्लाका सबै वडा भन्दा उत्कृष्ठ कार्य गरेको भन्दै धनकुटा नगरपालिका वडा न ७ जेष्ठ नागरीक संघ लाई नगद रु ५ हजार सहित सम्मान गरेकोछ ।
उत्कृष्ठ कार्य गरेको भन्दै जेष्ठ नागरीक जिल्ला संघ धनकुटाका अध्यक्ष रामबहादुर श्रेष्ठले धनकुटा नगरपालिका वडा न ७ जेष्ठ नागरीक संघ धनकुटाका अध्यक्ष बुद्धिकान्त घिमिरेलाई उतm रकम हस्तान्तरण गर्नु भएको धनकुटा नगरपालिका वडा न ७ जेष्ठ नागरीक संघका अध्यक्ष बुद्धिकान्त घिमिरेले जानकारी दिनु भयो ।
कार्यक्रममा वडाले उत्कृष्ठ कार्य गरेको भन्दै जेष्ठ नागरीक जिल्ला संघ धनकुटाका अध्यक्ष रामबहादुर श्रेष्ठ, नगरअध्यक्ष टिकाप्रसाद घिमिरे, जिल्ला सदस्य सुदर्शन घिमिरे लगायतले शुभकमना मन्तव्य राख्नु भएको थियो भने जेष्ठ नागरीक जिल्ला संघ धनकुटाका सचिव कृष्णभागवत श्रेष्ठले कार्यक्रको उदेश्यमाथी प्रकास पार्नु भएको थियो ।
कार्यक्रमको संचालन जेष्ठ नागरीक वडा न ७ का सचिव रामबहादुर श्रेष्ठले गर्नु भएको थियो । रकम हस्तान्तरण कार्यक्रमा धनकुटा नगरपालिका वडा न ७ जेष्ठ नागरीक संघका पदाधीकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।


