सहयोग रकम हस्तान्तरण
धनकुटा । केही महिनादेखि शरिरभरी घाऊ खटिरा आएपछि उपचार गर्दागर्दै सबै धनसम्पत्ति सकिसकेको र थप उपचारका लागि आर्थिक अभाब भएका धनकुटा निगाले निवासी जगन्नाथ प्रधानलाई उपचार सहयोग हस्तान्तरण गरिएको छ ।

अभियान चलाई संकलन गरिएको ३ लाख ४३ हजार १ सय ५५ रुपैयाँ धनकुटा नगरपालिका ३ का वडाध्यक्ष बिकास घिमिरे र समाजसेवी कुमार श्रेष्ठबाट रकम हस्तान्तरण गरिएको धनकुटा नगरपालिका ३ का वडाध्यक्ष बिकास घिमिरेले जानकारी दिनु भयो ।
अभियन्ताहरू कुमार श्रेष्ठ, बिकास घिमिरे, कृष्ण वाग्ले, इन्दु सुब्बा, अनिता लिम्बु, माया आङ्बुहाङ, खुसी राई, चन्द्रकला राया, दुर्गा न्यौपाने, गौतम थापा, बिपलब श्रेष्ठ, प्रकाश छेत्री, आक्रिती भण्डारी र सुरेश लिम्बु लगायत रहनु भएको जनाईएको छ ।


