शिक्षकहरु अाफुहरु परिवर्तनकाे पक्षमा लाग्ने

धनकुटा,फागुन ८ । धनकुटाकाे छथरजाेरपाटी गाउपालिकाका शिक्षकहरुले अाफुहरु परिवर्तनकाे पक्षमा लाग्ने वताएका छन् । नेपाल शिक्षक संघ छथरजोरपाटीद्धारा अाज आयोजित शिक्षक भेलामा शिक्षकहरुले त्यस्ताे वताएका हुन् ।

उत्त वृहत शिक्षक भेला तथा अन्र्तक्रिया कार्यक्रमको उद्घाटन द्धय पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्रीहरुद्वय डा. प्रकाशरण महत र सुनिल वहादुर थापाले संयूक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पूर्व मन्त्री तथा पार्टीका सहमहामन्त्री डा. महतले मुलुक ठ्रूलो संकटमा फस्दै गएकाले अव मुलुकलाई सफल राष्ट बनाउन कांग्रेसले नेतृत्व गर्नु पर्नेमा जोड दिनु भयो ।

यसैगरी पअर्का सहमहामन्त्रि थापाले संविधान र लोकतन्त्रलाई खतरामा पर्न नदिन कांग्रेसले अभियान संचालन गरेको वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठले शिक्षकहरु परिवर्तनको संवाहक भएको वताउनु भयो ।

नेपाल शिक्षक संघ छथरजोरपाटी पालिका समितिका अध्यक्ष हरी प्रसाद दाहालको अध्यक्षमा सम्पन्न भएको वृहत शिक्षक भेलामा पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल,निति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,नेपाल शिक्षक संघ १ नम्वर प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,प्रदेश महासचिव अर्थ राम कुमारी भण्डारी,जिल्ला अध्यक्ष थिरेन्द्र सुब्बा,नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु विष्णु पौडेल,निर्मल ओझा, गिरिजा दाहाल,पालिका सभापति छत्र सुब्बा,वडा सभापति मेघराज खतिवडा,नेपाल तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत,टे«ड युनियन कांग्रेस छथरका अध्यक्ष पदम भट्टराई लगायतले शिक्षकरु जहिले पनि परिर्वतनको पक्षमा उभिने गरेको वताएका थिए ।
भेलामा नेपाल शिक्षक संघ छथरजोरपाटी पालिका समितिका उपाध्यक्ष धन वहादुर लिम्बुले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने संचालन सचिव खेम तिम्सिनाले गर्नु भएको थियो ।

भेलामा छथरजोरपाटी शिक्षक संघका अध्यक्ष हरी दाहाल लगायतका शिक्षकहरुले नेपालको राजनितिमा शिक्षकहरुको भूमिकाका आ आफ्नो धारणा राख्नै सहभागी शिक्षकहरुले असमानता,अन्याय र विवेदको विरुद्ध आन्दोलन गर्दै परिवर्तनको पक्षमा खरो र दहे ढंगले अव उभिदै क्रियाशिल हुने वताएकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।