जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम

धनकुटा । सहिदभुमि गाँउपालिका धनकुटामा आजदेखि प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम शूुरु भएको छ । प्रदेश नं १ का प्रदेश प्रमुख सोम नाथ अधिकारी प्यासीले एक कार्यक्रमका वीच जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

शिविरको पहिलो दिन आज सहिदभुमि गाँउपालिकाका २ सय २५ जना जेष्ठ नागरिकले सेवा लिएका छन् । पूर्वाअञ्चल डेन्टल हस्पिटल ईटहरीको प्राविधिक सहयोगामा सञ्चालित शिविर उद्घाटन कार्यक्रममा वोल्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको नीति तथा कार्यक्रम अनुसार नै यो कार्यक्रम सञ्चाललन गरिएको स्पष्ट पार्नुभयो । उहाँले जनप्रतिनीधिहरु जनताको घर दैलोमा पुगेर जनताको जीवन स्तर सबल र सार्थक वनाउन पनि यो कार्यक्रम अघि सारेको भन्दै सामाजिक सूरक्षा भक्ता पनि ५ हजार पुर्याउने योजना बनाइसकेको बताउनु भयो ।

त्यस्तै प्रदेश संसद विनादेवी राईले प्रदेशका हरेक नागरिकको स्वास्थ्य सूरक्षालाई प्राथामिक्तामा राख्दै प्रदेश सरकारले स्वास्थ्य सेवालाई थप व्यवस्थित गर्दै लगेको वताउनुभयो । कार्यक्रममा प्रदेश संसद निरन राईले प्रदेश १ का सबै स्थायि तहमा १५ बेडको हस्पिटल निर्माण कार्य अघि वढेको जानकारी गराउनुभयो । प्रदेशले स्वास्थ्य क्षेत्रको भौतिक पुर्वाधार निमार्ण क्षेत्रमा कायपलाट गरिसकेको उहाको भनाइ थियो । मानव जीवनका लागि दाँत एक महत्वपूर्ण अंग भएकोले जेष्ठ नागरिकको जीवन यापनमा सहजता प्रदान गर्न,उनिहरुलाई निरोगी बनाउने उद्देश्ले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले वताउनुभयो ।

शिविरमा दात सफा गर्ने, दाँत भर्ने तथा खुद्रा तथा सेट दात लगाइ दिईने सहिद भुमि गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख फकिर महमोदले बताउनु भयो । कार्यक्रमको सञ्चालन गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष रत्नश्वरी राईले राख्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु तथा वडा सदस्य तथा कर्मचारी लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।

शिविर ३ दिन सम्म सञ्चालन हुनेछ । यो कार्यक्रम धनकुटाको चौविसे र शहिदभूमि गाउँपालिकामा प्रदेश संसद निरन राईको प्रयत्नमा सञ्चालनमा ल्याईएको कार्यक्रममा जानकारी दिईएको थियो । शिविरमा लगाईएका दाँत दश वर्ष सम्म टिक्ने जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।