खरिखाने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न सांसद चौधरी समक्ष अनुरोध
धनकुटा । राजनीतिक क्षेत्रलाई थप दिगो र सम्मानित बनाउन धनकुटामा खरिखाने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्न अभियानका संयोजक तथा वरिष्ठ उद्योगपती सांसद बिनोद चौधरी समक्ष धनकुटाका प्रतीनिधि मण्डलले अनुरोध गरेका छन ।
नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक चौधरी संग झापाको धुलावारीमा सो समितिका १ नम्व प्रदेश सदस्य तथा पार्टीका कोषाध्यक्ष दिनेश राई, जिल्ला सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,निर्माण व्यावसायी संघ धनकुटाका उपाध्यक्ष प्रकाश राइ लगायतका प्रतीनिधि मण्डलले भेटघाट गरी त्यस्ताे अनुरोध गरेका हुन् ।
वरिष्ठ उद्योगपती तथा कांग्रेस नेता प्रतिनिधि सभाका सदस्य चौधरीले सवै कांग्रेसजनलाई उद्यमी बनाउदै दिगो राजनिति गर्ने वातावरण सिर्जना गरी राजनितिलाइ सम्मानित बनाउन गरिखाने अभियान संचालन गरेको जानकारी गराउदै धनकुटा लगायत सवै जिल्लामा प्रभावकारी रुपमा गरिखाने अभियान सञ्चालन गर्ने वताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक सांसद वरिष्ठ उद्योगपती बिनोद चौधरी,सहसंयोजक पूर्व मन्त्री दिपक खडेका,सहसंयोजक पूर्व मन्त्री इन्द्र बानिया,सहसंयोजक शिक्षा विद उमेश श्रेष्ठ लगायत समितिका सदस्यहरुको सहभागीता थियो ।


