सहायक क्याम्पस प्रमुखको तस्बिर कुर्सीमा टॉंस्दै यसरी गरियो क्याम्पसमा प्रदर्शन

धनकुटा,१४ फागुन । नेपाल विद्यार्थी संघ धनकुटा बहुमूखी क्याम्पस एकाई समितीले स्नातक तह तेस्रो बर्षको परिक्षामा धनकुटा बहुमूखी क्याम्पसका मानविकी संकायका सहायक क्यापस प्रमुख रुद्रप्रसाद पोख्रलले बस्तुगत तर्फको उतर पुस्तिका फेरबदल गरेको, विद्यार्थीको भविष्यमा खेलवाड गरेको साथै धनकुटा बहुमूखी क्याम्पस, त्रिभूबन विश्वविद्यालयको परिक्षा प्रणालीको विश्वशनियता माथी नै प्रश्न उठ्ने कार्य गरेको भन्दै तत्काल सहायक क्यापस प्रमुख लाई निलबन गरि कारबाही गर्न माग राख्दै आएको नेविसंघले आज सहायक क्यापस प्रमुखको तस्बिर कुर्सीमा टास्दै परिक्षा सजिलै पास गर्ने भए मलाई सम्पर्क गर्नू, बस्तुगत तर्फको उतर चाहिए म सहयोग गर्छु जस्ता पोस्ट लेखि क्यापसमा प्रदर्शन गरेको छ ।

यस अघि नै नेविसंघले परिक्षामा भएको अनियमितताको छानबिनमा क्यापस प्रशासनले उदासिन भएको भन्दै ताला लगाएको थियो साथै नेविसंघले उठाएका मागको सम्बोधन क्यापस प्रशासनलले नगरे अझै आन्दोलन गर्ने र त्यस बाट उत्पन्न भएको सबै परिणम क्यापस प्रशासनलले लिनु पर्ने नेपाल विद्यार्थी संघ धनकुटा बहुमूखी क्याम्पस एकाई समितीले सभापती करुण कटुवाले बताईन ।

साथै क्यापसको परिक्षामा भएको अनियमि छानविन गर्ने अन्य प्रध्यापक संघ तथा विद्यार्थी संघले समेत परिक्षामा भएको अनियमितताको छानबिन गर्न माग गरि रहेका छन ।

यो पनि …

तारकेश्वर–१० कोे नयाँ भवन बन्ने

काठमाडौँ, १४ फागुन (रासस) ः तारकेश्वर नगरपालिका–१० कोे नयाँ भवन बन्ने भएको छ । आगामी एक वर्षभित्र वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नगरपालिकाको रु ७० लाख र सङ्घीय सांसद कोषको रु २० लाख गरी रु ९० लाख लागतमा उपभोक्ता समितिबाट भवन निर्माण हुने वडाध्यक्ष अमृत थापाले जानकारी दिनुभयो । “नयाँ बन्ने भवनमा पहिलो तलामा १० श्ययाको शहरी स्वास्थ्य केन्द्र, दोस्रो तलामा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ”, उहाँले भन्नुभयो ।

स्थानीय उपभोक्ताले मनमैजुको पुरानो संस्कृति पहिचान झल्कने गरी भवन बनाउन आग्रह गरेका छन् । भवन अन्य वडाका भन्दा फरक ऐतिहासिक मौलिकता पहिचान झल्कने खालको हुने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।