कुकुर तथा बिरालोमा लाग्ने रेबिज रोग बिरुद्धको नि:शुल्क खोप शिविर
धनकुटा ।धनकुटाको सहिदभुमि गाउपालिका पशु शाखा कार्यलयको आयोजनामा कुकुर तथा बिरालोमा लाग्ने रेबिज रोग बिरुद्धको नि;शुल्क खोप शिविर आजदेखि शूरुभएको छ ।

आज पहिलो दिन गाँउपालिकाको वडा नं ७ का ४६ घरघुरी संख्याका ५७ वटा कुकुरलाई भ्याक्सिन लगाईएको पशु शाखा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनु भयो । भोलि गाँउपालिकाको वडा नं ६ को सुकेआलमा शिविर सञ्चालन गरिन्ने पशुसाखा कार्यलयले जनाएको छ ।
शिविरमा वडा नं ७ का वडा सदस्य गोविन्द पौडेल, पशु प्राविधिक बासुदेव बास्कोटा, लोक मान राई, हरिकुमार राईको उपस्थिति थियो ।


