गरिखाने कार्यक्रमको वारेमा सहजिकरण

धनकुटा । नेपाली कांग्रेसले आज धनकुटाको महालक्ष्मी नगरपालिकाको विभिन्न दुई स्थानमा कार्यक्रम सम्पन्न गरेको छ । महालक्ष्मी नगरपालिकाको लेगुवा रामवजार र गुठमा नेपाली कांग्रेसले कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा पार्टी संगठन विस्तार,अहिलेको समसामयिक विषयमा छलफल भएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ साथै कांग्रेसले संचालन गरिरहेको गरिखाने कार्यक्रमको वारेमा समेत सहजिकरण भएको थियो । ती कार्यक्रमहरुलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले नेपाली कांग्रेसले मात्र संविधान र लोकतन्त्रको रक्षा गर्ने वताउनु भयो ।

ती कार्यक्रमहरुमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल,सविच विजय सन्तोषी राई,जिल्ला सदस्य सुमना तिम्सिना,महालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुवराज राय,सचिव शिव विक,पूर्व जिल्ला सदस्यहरु इन्द्र कुवर,अमृत गिरी लगायतले मुलुकमा देखिएको अन्यौल र अस्थिरतालाई समाप्त गर्न कांग्रेसले अव देशभरी नेतृत्व गर्दै जागरण अभियान संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

पार्टीका महालक्ष्मी नगरपालिका वडा नं ६ का सभापति प्रबिण गिरिको अध्यक्षतामा गुठमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सदस्य टेक वहादुर गिरीले राख्नुभएको भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गुणराज श्रेष्ठले गर्नु भएको थियो ।

यसैगरी नेपाली कांग्रेस महालक्ष्म नगरपालिका वडा नं ५ का सभापति राजिव बुढाथोकीको अध्यक्षताा राम बजारमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य ज्ञानु गुरुग,पाख्रिवास नगरका कार्यवहाक सभापति प्रेम भण्डारी,भूपू सैनिक संघका क्षेत्रिय सभापति श्याम प्रकाश राई समेतले आ-आफ्नो धारणा राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖