निजामती कर्मचारीहरुले कसैसंग नडराई नागरिकको पक्षमा काम गर्नु पर्छ : पोख्रेल
धनकुटा,१६ फागुन । नेपाल निजामती कर्मचारी युनियन संघका केन्दिय अध्यक्ष गोपाल प्रसाद पोख्रेलले निजामती कर्मचारीहरुले कसै संग नडराई नागरिकको पक्षमा काम गर्नु पर्ने बताउँनु भएको छ ।

आज धनकुटामा नेपाल निजामती कर्मचारी युनियन संघले गरेको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले यस्तो बताउँनु भएको हो । उहाँले सरकारले निजामती कर्मचारीको समायोजन गर्दा कर्मचारी लाई हौसला प्रोत्साहन भन्दा पनी अपमानित हुने हिसावले काम गरेको आ’रोप समेत लगाउँनु भयो साथै उहाँले कामको आधारमा कर्मचारीको मुल्याकन गर्न समेत सरकार लाई आग्रह गर्दे कुनै पनि कर्मचारी लाई आस्थाको आधारमा विभेद गर्न नहुने बताउँनु भयो ।
कार्यक्रमा बोल्दै नेपाली कांग्रेसका धनकुटाका कोषध्यक्ष दिनेश राईले कर्मचारीहरुलाई आस्थाका आधारमा अहिले सरकार र सरकार संग आवद्ध कर्मचारी संस्थाहरुले पेल्ने काम गरि रहेको बताउँदै यस्तो कार्य जारी राखे कांग्रेस समेत चुप लागेर नबस्ने बताउँनु भयो । त्यस्तै नेपाली कांग्रेसका आमन्त्रित केन्दिय सदस्य मनोहरनारायण श्रेष्ठले कर्मचारीहरुले कसैको ड’र ध’म्कीको आधारमा काम गर्न नहुने बताउँनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी पौडेलले कहिलेको सरकारले कर्मचारीहरुलाई ड’र ध’म्की दिने गरको बताउँदै कर्मचारी जनताको पक्षमा काम गर्न नडराउनु पर्ने बताउनु भयो । कार्यक्रमा नेपाल निजामती कर्मचारी युनियन संघ संग आबद्ध कर्मचारी सहित अन्य सरोकार वालाहरुको उपस्थिती रहेको थियो ।


