मुलघाटमा स्थापना गरिएको डिजेल प्लान्टको गरियो परिक्षण
धनकुटा,१६ फागुन । दाह संस्कारका लागि काठदाउरा पाउन छाडेपछि धनकुटाको मुलघाटमा स्थापना गरिएको डिजेल प्लान्ट परिक्षण गरिएको छ ।

नजिकैका निजी तथा सामुदायीक बनहरुबाट दाहसंस्कारकर्मका लागि चाहिने काठदाउरा उपलब्ध हुन छाडेपछि विकल्पको रुपमा मुलघाटमा लास जलाउन डिजेलबाट चल्ने आधुनिक भट्टी तयार पारिएको हो ।
डिजेल प्लान्टमा एउटा लास जलाउन अधिकतम ६ हजार रुपैयाँ तिर्नु पर्नेछ । मुलघाटमा बिगत ४० बर्ष देखि बिश्रान्ति मन्दिर ब्यबस्थापन समितिले दाह संस्कारका लागि काठदाउराको बन्दोबस्त मिलाउँदै आएको छ । (तस्बिर : दोर्ण गुराँगाईको फेसबुकबाट)


